68
कपिलवस्तु । कपिलवस्तुमा शुक्रबार बिहानैबाट निषेधाज्ञा जारी गरिएको छ । शुक्रबार बिहान ५ बजेदेखि लागू हुने गरी साउन ३२ गते राति १२ बजेसम्मका लागि जिल्लामा निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी दीर्घ नारायण पौडेलले बताए ।
कोरोना सङ्क्रमण फैलिन नदिन तथा यसलाई नियन्त्रण गर्नका लागि निषेधाज्ञा जारी गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
निषेधाज्ञा अवधिमा उल्लङ्घन गरेमा सङ्क्रामक रोग ऐन २०२० तथा प्रचलित कानूनबमोजिम सजाय हुनेसमेत प्रजिअ पौडेलले बताए । अत्यावश्यक सेवा, स्वास्थ्यकर्मी र सरकारी सेवाबाहेक अरू सबै बन्द रहने र निजी सवारी साधनमा जोरबिजोर प्रणाली लागू हुने जिल्ला प्रशासन कार्यालयले बताएको छ ।