वीरगंजमा थप एक कोरोना संक्रमितको मृत्यु

पर्सा । वीरगंजमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ ।नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर मदन उपाध्यायले गण्डक कोभिड अस्पतालमा मृत्यु भएका एकजना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको जनाकारी दिएका हुन् ।

डा उपाध्यायका अनुसार ती पुरुष तीन दिन अघि अस्पतालमा भर्ना भएका थिए । उनको हिजो स्वाब संकलन गरिएको थियो ।ती पुरुषको आज बिहान मृत्यु भएको र बेलुका रिपोर्ट पोजेटिभ आएको डा उपाध्यायले बताए ।“कोरोनाको लक्षण भएर तीन दिन अघि गण्डक कोभिड अस्पतालमा भर्ना हुनुभएको थियो,” डा उपाध्यायले भने, ” हिजो स्वाब संकलन गरेका थियौं, आज बिहान उहाँको मृत्यु भयो, अहिले रिपोर्ट पनि पोजेटिभ आयो ।”

उनको कोरोनाले मृत्यु भएको पुष्टिसँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ६६ पुगेको छ । स्वास्थ्य मन्त्रालयले भने उनको कोरोनाले मृत्यु भएको पुष्टि गर्न बाँकी रहेको छ ।विहीबारमा पाँच जनाको कोरोनाले मृत्यु पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको थियो ।

 
 
  
 

You may also like