दूधकाे मूल्य बढ्याे, लिटरमा ६ रुपियाँ धेरै तिर्नुपर्ने

by समतल अनलाइन

काठमाडाैं। सरकारले बढाएको दूधको मूल्य शनिबारदेखि लागू भएको छ ।

कृषि तथा पशुपक्षी विकास मन्त्रालयले एक लिटरमा ६ रुपैयाँका दरले बढाएको दूधको मूल्य शनिबारदेखि लागू भएको हो ।

अब एक लिटर दूधको मूल्य ७६ रुपैयाँ पर्ने दुग्ध विकास संस्थान डीडीसीले जनाएको छ । बढेको ६ रुपैयाँमध्ये लिटरमा ४ रूपैयाँ १६ पैसा किसानले र १ रूपैयाँ ८४ पैसा डेरीले पाउने छन् ।

दूधको मूल्यबारे अध्ययन गरी सिफारिस गर्न गठन भएको कार्यदलले कम दूध उत्पादन हुने मौसममा १० रुपैयाँ र धेरै उत्पादन हुने मौसममा ५ रुपैयाँ ७९ पैसा मूल्य बढाउन सुझाव दिए पनि अहिले मन्त्रालयले ६ रुपैँया मात्रै बढाउने निर्णय गरेको हो ।

 
 
  
 

You may also like