विक्रमसँगको सम्पर्क टुटेपछि भारतीय चन्द्र अभियान असफल भएको आशंका

by समतल अनलाइन

काठमाडौं। भारतले चन्द्रमामा पठाएको विक्रम नामक चन्द्रयाना-२ चन्द्रमा सतहमा पुग्न केही किलोमिटर बाँकी रहँदा सञ्चार सम्पर्क टुटेको छ ।

सम्पर्क छुटेसँगै भारतको चन्द्रमासम्बन्धी खोजको दोस्रो शृङ्खला असफलतातर्फ उन्मुख भएको अनुमान गरिएको छ । चन्द्र सतहभन्दा २.१ किलोमिटर नजिक नपुग्दासम्म सामान्य अवस्थामा रहेको थियो । लगत्तै उक्त यानको पृथ्वीमा रहेको नियन्त्रण कक्षसँग सम्पर्क विच्छेद भएको हो ।

सिएनएनका अनुसार भारतीय अन्तरीक्ष अनुसन्धान केन्द्रका अध्यक्ष के सिभानले सञ्चार सम्पर्क टुटेको पुष्टि गर्दै यसबारे सूचनाहरूको विश्लेषण भईरहेको जानकारी गराएका छन् ।

सो यान गए राती भारतीय समय १ः५५ बजे चन्द्र सतहमा पाइला टेक्ने तयारीमा रहे पनि सम्पर्क विच्छेद भएको हो । भारतको बेङ्लोरस्थित नियन्त्रण कक्षमा वैज्ञानिकहरु विक्रमको सहज अवतरणको प्रतीक्षामा रहे पनि सम्पर्क विच्छेद भएपछि निराश भए ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले वैज्ञानिकहरुलाई सान्त्वना दिएका छन् । उनले आगामी दिनमा अन्तरीक्ष कार्यक्रम जारी राख्ने बताएका छन् ।

 
 
  
 

You may also like