ओली-प्रचण्डबीच छलफल

काठमाडौँ।स्थायी कमिटी बैठकमा एकअर्काप्रति कटाक्ष गरेका नेकपाका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच बिहीबार छलफल भएको छ ।बुधबार बैठकको पहिलो दिन ओली र दाहालले सरकार र पार्टीको कामकारबाहीलाई लिएर एक अर्काप्रति असन्तुष्टि र आक्रोश पोखेका थिए ।त्यसपछि शुक्रबारसम्म बैठक स्थगित गरेका उनीहरूबीच बिहीबार छलफल भएको हो । उनीहरूबीच बैठक सञ्चालनका विषयमा छलफल भएको एक नेताले बताए ।स्थायी कमिटी बैठकमा छलफलका लागि सात एजेण्डा तय भएका छन् ।वर्तमान परिस्थिति र स्थायी कमिटीको बैठकका सम्बन्धमा अध्यक्षद्वयको सम्बोधन, कोभिड-१९ को नियन्त्रण, रोकथाम र उपचार, नेपालको सीमा समस्या र समाधान, सरकारको कामको समग्र समीक्षा, पार्टी कामको समीक्षा र सांगठानिक एकताको बाँकी कामहरू सम्पन्न गर्ने, एमसीसी र विविध छन् ।

विविधमा रूकुम घटना, नागरिकता विधेयक र संघीय संसदका सदस्यहरूको भत्ताको विषय समेटिएका छन् ।

 
 
  
 

You may also like