रुपन्देहीमा १४ वर्षिय बालिकाले गरिन् आत्महत्या

बुटवल । रुपन्देहीको कञ्चन गाउँपालिकामा १४ वर्षिय एक बालिकाले आत्महत्या गरेकी छन् । कञ्चन गाउँपालिका–१ की सुनिता बिकले आफ्नै चुन्नीले पासो लगाएर झुण्डिएर आत्महत्या गरेकी इलाका प्रहरी कार्यलय,सालझण्डीले जनाएको छ ।

उनी शुक्रबार विहान करिब ८ बजेको समयमा आफ्नै घरभित्र झुण्डिएर आत्महत्या गरेकी थिइन । स्थानीय विद्यालयमा कक्षा ५ बाट उत्तिर्ण भई कक्षा ६ मा अध्ययन गर्ने किशोर अवस्थाकी उनले किन आत्महत्या गरिन् भन्ने कारण जानकारी भएको छैन । उनको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल बुटवलमा पठाइएको र घटना बारे अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय,सालझण्डीले जनाएको छ ।

 
 
  
 

You may also like