सियारी गाउँपालिकाको नीति तथा कार्यक्रम सर्वजानिक : कृषि, स्वास्थ्य, शिक्षा, विकास प्राथमिकतामा

नरेश चौधरी
रुपन्देही।रुपन्देहीको सियारी गाउँपालिकाले आर्थिक वर्ष ०७७/७८को नीति तथा कार्यक्रम सर्वजानिक गरेको छ । कृषि, स्वास्थ्य, शिक्षा, विकासका पुर्वधार, रोजगार तथा खेलकुदलाई प्राथमिकतामा राखेर सातौं गाउँसभा शुक्रबार प्रस्तुत गरेको हो ।आर्थिक, सामाजिक रुपान्तरणका माध्यमबाट विद्यमान गरिबी, असमानता तथा बेरोजगारीको अन्त्य गर्दै समृद्ध, स्वास्थ्य, आधुनिक तथा सुन्दर गाउँपालिका निर्माण गर्ने लाक्ष्य सहित नीति तथा कार्यक्रम प्रस्तुत गरिएको छ । सातौं गाउँ सभामा गाउँपालिकाका अध्यक्ष अयोध्या थारुले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै आवधिक, मध्यकालीन र दीर्घकालीन योजनाहरु तय भएको र तिनैलाई प्राथमिकताका आधारमा कार्यान्वयन गर्दै अगाडि बढिने उल्लेख गर्नुभएको छ ।

भौतिक पूर्वाधारमा मापदण्ड निर्धारण गरी गुणस्तरिय निर्माण कार्य गरिने, कृषि, पशु, वन, वातावरण र पर्यटनको प्रवद्र्धन र विकास गरिने, स्वच्छ पारदर्शि, जनमैत्री र भ्रस्टाचारमुक्त सार्वजनिक सेवा सञ्चालन, मानव विकास, गुणस्तरिय शिक्षा, सर्वशुलभ स्वास्थ्य र सरसफाईको व्यवस्था मिलाईने, लैड्डिक समानता, सामाजिक समावेशीकरण, राजस्व परिचालनमा योगदान पुर्याउने कार्यक्रमको पहिचान, दिगो विकास, वातावरण संरक्षण र विपद व्यवस्थापनमा ध्यान दिइने, आर्थिक विकास र गरिवी निवारण नीति अवलम्बन गरिने, विकासका पूर्वाधारहरुको विस्तार र पहु“च वस्तीस्तरसम्म वृद्धि गरी विकासका अवसरहरुलाई पर्याप्त उपयोग गर्ने अवस्थाको सुनिश्चितता गरिन, समावेशी र समन्यायिक विकासको अवधारणा मार्फत विभिन्न वर्ग, क्षेत्र, लिंग, सम्प्रदाय, जात–जातीको श्रोत साधनमा पहु“च अभिवृद्धि, उत्पादनमूलक क्षेत्रमा व्यवसायिकता र उद्यमशीलताको विकास एवं सामाजिक परिचालन मार्फत गरिवी न्यूनिकरणका कार्य गरिने , विकासको दृष्टिले पछाडी परेका वडाहरुमा प्राथमिकताका साथ विकास कार्यक्रमहरु पुर्याई जनताको सामाजिक तथा आर्थिक रुपान्तरण थालनी गरिने लाक्ष्य नीति तथा कार्यक्रममा लिइएइएको छ ।

सुरक्षित खानेपानी, सरसफाई, शिक्षा, स्वास्थ्य र पर्यटन सम्बन्धी चेतनाको स्तरोन्नती गरी दीर्घकालिन लक्ष्य प्राप्ती, विकास कार्यक्रम तथा आयोजनाहरु संचालन गर्दा सरोकारवालाहरु विच समन्वय गर्दै जनसहभागीता, पारदर्शीता र उत्तरदायित्व बढाई सुशासनको प्रत्याभुति, समद्ध र श्रोत सम्पन्न नगरको रुपमा सियारी गाउ“पालिकालाई उन्मुख गराईने, मानविय सूचका‚मा पछि परेका वडा र बस्तीको विकास गरिने गरि आर्थिक वर्ष २०७७÷७८ का लागि नीति तथा कार्यक्रम प्रस्तुत गरिएको छ ।

कृषि र आर्थिक विकास
गाउँपालिकामा रहेका कृषकको विकासका लागि कृषकहरुको वर्गिकरण गरी कार्ड वितरण, कृषि क्षेत्रको आधुनिकिकरणको लागी कृषि तथा पशु यान्त्रिकिकरणमा जोड, ब्यवसायिक माछापालन, उत्पादन, विविधिकरण, सामुदायिक र सहकारी मार्फत कृषि नीति लागु गर्ने योजना पालिकाले लिईएको छ ।

कृषकको आय आर्जनमा बृद्धिका लागी भुगोल सुहाउदो बालीको पकटेट क्षेत्र कायम गरी व्यवासायिक खेती प्रणालीको सुरुवत, दुग्ध उत्पादनलाई विविधिकरण गर्नको लागी सियारी गाउ“पालिकामा दुग्ध प्रशोधन उधोग स्थापना गरिने, कृषि र पशुबाट उत्पादित भएको वस्तुको थोक बिक्री बजार व्यवस्था गरिने भएको छ ।

माउ गाईरूभैसी भारतबाट आयात गरी पशुपालन गर्नुपर्ने बाध्यतालाई मध्यनजर गर्दै स्वदेशी बाच्छी र पाडी हुर्काउने कार्यक्रमको थालनी गरिने, स्थानिय जातका गाई, भैसी, बाख्रा, बंगुरको बंश सुधार गरी अधिकतम उत्पादनका लागी निशुल्क कृत्रिम गर्भाधान कार्यक्रम संचालन, विदेशबाट फर्केका युवाहरु लाई युवा स्वरोजगार कार्यक्रम संचालन गर्ने, सामुहिक खेतीको अवधारणा अगाडी बढाईने, सौर्य उर्जा सि“चाई व्यवस्था अगाडी बढाईने, खेती योग्य जमिनमा १२ महिना सिचाई गरिने सहकारी संग साझेदारीमा कृषि तथा पशु पालनमा आयआर्जन सम्वन्धि कार्यक्रम गरिने नीति तथा कार्यक्रममा प्रस्तुत गरिएको छ ।

यस्तै कृषि उपजको लागि कोल्ड स्टोेर निर्माण, अन्न भण्डार निमार्ण, खाद्यान्न प्रशोधन उद्योगहरुको विस्तार, सामुहिक कृषि बजार प्रवद्र्धन, बाख्रा संकलन केन्द्र स्थापना, कृषिमा टेवा पुर्याउने उद्देश्यले रासायनिक मल बिक्री वितरणमा सहज र सर्वशुलभ रुपमा किसानहरुलाई उपलब्ध गराउने नीति तथा कार्यक्रममा प्रस्तुत गरिएको छ ।

सामाजिक विकास तथा शिक्षा

कोरोना भाइरस संक्रमणबाट प्रभावित विद्यालयको पठन पाठनका लागि वैकल्पिक मध्यम अनलाइन (टि.भी., रेडियो, सामुदायिक एफ.एम.बाट शैक्षिक गतिविधिलाई नीति तथा कार्यक्रममा जोड दिईएको छ ।
प्राथमिक तहमा अंग्रेजी माध्यमबाट कक्षा सञ्चालन गर्न विद्यालयहरुलाई प्रेरित गरिने, शिक्षकको दरबन्दी मिलान, कम्प्युटर शिक्षा एवं अनलाईन सूचना प्रणलीको विकास गरिने भएको छ ।

अपाङ्ग तथा बालमैत्री विद्यालय स्थापना, सबै विद्यालयमा सेनेटरी प्याड र हरेक विद्यार्थीको स्वास्थ्य परीक्षण वर्षको दुई पटक गरिने, विद्यालयहरुको सञ्चालन मापदण्ड तयार गरी लागु गरिने, कक्षा ९ देखि १२ सम्म प्राविधिक शिक्षा सञ्चालनका लागि आवश्यक प्रकृया अगाडि बढाइने, विद्यालयमा संगित शिक्षा एवं संगित विद्यालयको स्थापना सहित कलाकेन्द्रको समेत स्थापना गर्ने नीति तथा कार्यक्रममा प्रस्तुत गरिएको छ ।

स्वास्थ्य बिमा

“जनतास“ग स्वास्थ्य कार्यक्रम” कार्यक्रमलाई जोड दिने स्वास्थ्य बिमा कार्यक्रम लागु गरिने, स्वास्थ्य तथा सरसफाई कार्यक्रमलाई अभियानको रुपमा सत्तचालन गरिने, “स्वास्थ्य”का लागि खेलकुद, योग, व्यायम, मनोरञ्जन,स्वच्छ पिउने पानी र सन्तुलित खानालाई प्रोत्साहन गरिने भएको छ । स्वास्थ्य सेवालाई प्रभावकारी बनाई ज्येष्ठ नागरिक, असहाय, आपाड्ड, बालबालिकाहरुलाई विशेष स्वास्थ्य कार्यक्रम सञ्चालन, बेलाबेलामा विशेषज्ञ चिकित्सक सहितको निःशुल्क स्वास्थ्य सिविर सञ्चालन गरिने, एच.अचाईभी न्यूनिकरणका लागि सचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिईने, स्वास्थ्य संस्थालाई साधन सम्पन्न बनाई आवश्यक जनशक्तिको व्यवस्था गरिने, सुविधा सम्पन्न प्रसुती केन्द्र बार्थिङ्ग सेन्टर को व्यवस्था गरिने छ ।

प्रयोगशाला सेवाको विस्तार, सिकल सेल एनेमिया रोकथाम तथा न्युनिकरणका लागी नीति अवलम्बन गरिने, छ वर्ष मूनिका विपद र कुपोषित सबै बालबालिकालाई पोषणयुक्त खानेकुराको व्यवस्था मिलाइने भएको छ ।

सहाय , असक्त अपाङ्गता भएका र ज्येष्ठ नागरिकहरुको स्वास्थ्य उपचारको व्यवस्था गरिने, ७० वर्ष भन्दा माथिका ज्येष्ठ नागरिक अपाड्डता भएका व्यक्ति र अतिविपन्नहरुलाई मोतियाविन्दुको निःशुल्क अप्रेशन सेवा प्रदानलाई निरन्तरता दिइने कोरोना भाइरस संक्रमणबाट बच्नको लागि क्वारेन्टाइन र आइसोलेशन अस्पताल निर्माण गर्न लाई प्राथमिकता दिईएको छ ।

पर्यटनको बढावा ऐतिहासिक स्थलको संरक्षण

अन्तरिक तथा बह्य पर्यटक भित्राउनका लागि सियारीमा पर्यटकीय क्षेत्रको विकास गरिने भएको छ । पर्यटनको बढावाका लागी पार्क निर्माण तथा भ्युटावर निमार्ण,थारु सङग्राहलयको स्थापना, नौमती बाजाको व्यवस्थापन एवं संरक्ष्ण, ऐतिहासिक महत्व बोकेका मठ–मन्दिर, गुम्बा, मदरसा, आदिको खोज तथा सम्बद्र्धन गरि संरक्षण गरिने नीति तथा कार्यक्रममा प्रस्तुत गरिएको छ ।

बाल विवाह, अनमेल विवाह, बहुविवाह र दाइजो प्रथा मुक्त गाउ“पालिका निर्माणका लागि अभियान सञ्चालन गरिने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

रोजगार तथा तालिम

विधुतिय वायरिङ्ग, प्लम्बीड्ड तालीम टायल तथा मार्बल फिक्सिड्ड तालिम मोबाइल रिपेयरिङ्ग आधारभुत कम्प्युटर तालीम माटरसाईकल तथा स्कुटी रिपेयरिङ्ग ड्राइभिड्ड तालिम, भुकम्प प्रतिरोधी सीप तालिम, लोकसेवा आयोग तथा शिक्षक सेवा आयोग तयारी कक्षा, दोभाषे कक्षा आदी सञ्चलन, मद्यपान, धुम्रपान र लागुपर्दाथ दुव्र्यसन न्युनिकरणका लागी आवश्यक सचेतनामुलक कार्यक्रम गरिने, अपाङ्गता पुर्नस्थापना केन्द्रको स्थापना गरिने, ।
यस्तै प्रधानमन्त्रि रोजगार कार्यक्रममा गाउ“पालिकाबाट साझेदारी गरी थप रोजगारको व्यवस्था गरिने, सार्वजनिक जग्गामा रहेका पोखरीहरुको व्यवस्थापन गरी सामुदायिक माछा पालन र सामुहिक रोजगारको सिर्जना गरिने भएको छ ।

भौतिक पूर्वाधार विकास

गाउपालिकामा रहेका नया“ सडक निर्माणा गर्दा अनिवार्य रुपमा सडक मापदण्ड लागु गरिने भएको छ । वडा स्तरका सबै सडकहरुको स्तरवृद्धि गरिने, भू–उपयोग नीति तयार गरी लागु गरिने भएको छ । प्रत्येक वडामा १–१ वटा कम्तीमा ४० लाख बजेट बराबरका योजना वडाबाट साझेदारी गर्ने व्यवस्था मिलाउने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

गाउ“पालिकाको आय वृद्धिका लागि नदीजन्य पदार्थ उत्खनन् गर्न कार्यविधि बनाइने, पूर्वाधार निर्माणमा लागत सहभागितालाई प्राथमिकता दिइने, उपभोक्त समिति मार्फत योजना कार्यान्वयन गर्दा लागत सहभागितालाई अनिवार्य गरिने भएको छ ।

विद्युतमा सबैको पहु“च पुग्ने गरी विद्युत विस्तार गरिने भएको छ । निर्माण कार्य गर्दा गुणस्तर कायम गर्नका लागि गाउ“पालिकाद्वारा ल्याव परिक्षणको व्यवस्था मिलाइने भएको छ ।

प्रत्येक वडाहरुमा एक एक वठट बहुउद्देशिय सामुदायिक भवन निर्माण गरिने, दुई कि.मि. भन्दा बढीका सडकलाई स्तरउन्नती गरी कालोपत्रे गरिने, कल्भर्र्ट निर्माण, पार्क, भ्युटावर, जलकृडा स्थल निर्माण “उज्यालो गाउ“पालिका अभियन” भरपर्दो र प्रभावकारी रुपमा अगाडी बढाईने निति तथा कार्यक्रममा प्रस्तुत गरिएको छ ।

तिनाउ, दानव नदि, सियारी खोलाको संरक्षणाको लागि आवश्यक व्यवस्था गरिने, गाउ“पालिका क्षेत्रका सडक संजालहरु गाउ“पालिका कार्यालय सम्म कालोपेत्रे गर्ने कार्यलाई यस आ.व.मा पनि निरन्तरता दिइएको छ ।

गाउ“पालिका भित्र रहेका फुसको छाना भएका घरहरुलाई जस्तापाता दिई छाना छाउने कार्यको थालनी गरिने, समसान घाटको सुधार शब्दाह गृह स्थल निर्माणालाई नीति तथा कार्यक्रममा प्रथामिकता दिईएको छ ।

संस्थागत विकास तथा सुशासन

सार्वजनिक तथा सरकारी जग्गा अभिलेखीकरणा कार्य गरिने भएको छ । कार्यालय भवन निर्माण कार्य सम्पन्न गरिने, सार्वजनिक र सरकारी अतिक्रमित जग्गाहरु नीति बनाई संरक्षण गरिने, गाउ“पालिका भित्र रहेको मठ, मन्दिर, गुठी तथा सार्वजनिक जग्गाहरुको संरक्षण, सम्बद्र्धन गर्न आवश्यक नीति तयार गरी संरक्षण र सम्बद्र्धन गरिने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

आवश्यकता अनुसार गाउ“सभा बाट दरबन्दी सृजना गरी कर्मचारी व्यवस्थापन गरी छिटो छरितो सेवा प्रवाहलाई सुनिश्चिता गरिने योजना तथा कार्यक्रमका अनुगमन नियमित र प्रभावकारी तरिकाले गर्ने, कर्मचारीको क्षमता अभिवृद्धिका लागि तालिमको व्यवस्थ गरिने भएको छ ।
सरसफाई तथा विपद व्यवस्थापन
कोरोना भाइरस कोभिड–१९ को संक्रमणाबाट बच्न र बचाउनको विविध कार्यक्रम गरिने भएको छ । कोरोना भाइरसको समय काम गर्ने स्वास्थ्यकर्मी, कर्मचारी, जनप्रतिनिधिहरुको बिमाको व्यवस्था गरिन, ज्येष्ठ नागरिक, सुत्केरी, गर्भवती महिला, अपाड्डहरुलाई गाउ“पालिकाबाट निःशुल्क एम्बुलेन्स सेवाको व्यवस्था मिलाईन भएको छ ।

फोहोरमैला व्यवस्थापन प्रशोधन गर्नका लागि ग्यासजन्य उत्पादन गर्नुका साथै कम्पोष्ट मल तयार हुनेगरी जग्गाको व्यवस्था डपिम्ङ साइड निर्माण, सार्वजनिक शौचालय निर्माण, विपद व्यवस्थापनको लागि जनचेतना अभिवृद्धि हुने सडक नाटक जस्ता कार्यक्रमहरु सञ्चालन गरिने, सार्वजनिक फोहोर व्यवस्थापन गरिने, एम्बुलेन्स तथा बरुण यन्त्र छिर्ने खालको बाटो सम्पुर्ण टोलमा निर्माण गरिने भएको छ ।

ऐतिहासिक गाउ“पालिका भित्रका खानेपानी धारामा शुद्घ खानेपानी भए नभएको परीक्षण गरिने, प्रत्येक विद्यालयमा फिल्टर सहित (चिसो–तातो) खानेपानीको व्यवस्था गरिने, गाउ“पालिका भित्रका प्रत्येक वडाामा अपाङ्गमैत्री सार्वजनिक शौचालयको व्यवस्था गरिने, एक घर एक धारा , ५० विधार्थो एक टुटी धारा तथा ओभरहेड टंकीको व्यवस्था गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।

वित्तिय व्यवस्थापन एवम् सुशासन
वित्तीय व्यवस्थापन एवम् अनुशासनलाई चुस्तदुरुस्त बनाउन राजश्व इकाई गठन गरी कार्यान्वयन गरिने ५ । सम्पूर्ण व्यवसायहरुलाई करको दायरामा ल्याउन टोली खटाई व्यवसाय दर्ता अभियान सञ्चालन गरिने, व्यवासय तथा उद्योगहरुलाई ब्यपारको अधारमा कर लागु गरिने भएको छ ।

नक्सा पासलाई अनिवार्य

नक्सा पासलाई अनिवार्य गरी सरल सहज बनाउन गाउ“पालिकाबाटैै निःशुल्क रुपमा नक्सा बनाउने कार्य थालनी गरि भएको छ ।

यस्तै “मेरो कर मेरै गाउ“को विकासका लागि” भन्ने नाराका साथ प्रकृया सरल गरी सूचना प्रविधिको माध्यमबाट स्वेच्छिक कर सहभागिता अभिवृद्धि गरिने भएको छ ।

 
 
  
 

You may also like