भारतमा कोरोना भाइरको संक्रमणले १२ हजारभन्दा बढीको मृत्यु

काठमाडौं।भारतमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १२ हजार नाघेको छ ।एकै दिन ३४१ जनाको मृत्यु भएपछि भारतमा ज्यान गुमाउनेको संख्या १२ हजार २६२ पुगेको हो ।पछिल्लो २४ घण्टामा १३ हजार १०३ जना संक्रमण पुष्टि भएपछि भारतमा संक्रमितको ३ लाख ६७ हजार २६४ पुगेको हो ।

एसियाली मुलुकमा सबैभन्दा बढी कोरोना भाइरसको संक्रमण देखिएको भारतमा संक्रमितमध्ये १ लाख ९४ हजार ४३८ जना संक्रमणमुक्त भएका छन् ।

कोराना भाइरस (कोभिड–१९) को संक्रमण फैलिने क्रम नरोकिएपछि भारतमा मार्च २४ देखिको लकडाउन पाँचौ चरण थप्दै जुन ३० सम्म पुर्‍याइएको छ । तर उक्त लकडाउन जुन १ देखि क्रमिक रूपमा खुकुलो बनाउँदै लगिएको छ ।

 
 
  
 

You may also like