नारायणगढ-मुग्लिन सडक एकतर्फी खुल्यो, गाडीकाे चाप

चितवन। चितवनको कालिखोलामा पहिरो खसेपछि १८ घण्टादेखि अवरुद्ध नारायणगढ–मुग्लिन सडक एकतर्फी खुलेको छ ।इच्छाकामना गाउँपालिका कालिखोलामा हिजो पहिरो खसेको थियोे । पहिरो पन्छाएर एकतर्फी गाडी सञ्चालनमा ल्याइएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । एकतर्फी गाडी चल्न थालेपछि कालिखोलामा गाडीको चाप बढेको छ ।

पहिरो पन्छाउने काम भइरहेकाले आज दुईतर्फी नै गाडी सञ्चालन हुने नारायणगढ मुग्लिन सडक आयोजनाका सूचना अधिकारी शिव खनालले जानकारी दिएका छन् । तर लगातार पानी परेकाले पहिरोको जोखिम कायमै रहेको उनी बताउँछन् । नारायणगढ मुग्लिन सडकको बाटो विस्तार गर्दा ठाउँ ठाउँमा पहाड काटिएको छ ।

यता मकवानपुरको भीमफेदी गाउँपालिका ६ देउरालीमा पहिरो खस्दा अवरुद्ध सडक अझै खुलेको छैन । भीमफेदी–कुलेखानी हुँदै काठमाडौ चल्ने गाडी तीन दिनदेखि चल्न नसकेका भीमफेदी इलाका प्रहरी कार्यालयले जनाएको छ ।

 
 
  
 

You may also like