आजको मौसम : सामान्य बदली, पूर्वी भागमा वर्षा

by समतल अनलाइन

काठमाडौं। देशभरको मौसम सामान्य रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार अहिले देशका धेरै जसो भू-भागहरुमा आंसिक देखि सामान्य बदली छ ।

काठमाडौ उपत्यकासहितका पुर्वी भागमा पानी परिरहेको छ। पुर्वी भु॒भागका केहि स्थानहरु र मध्य र पश्चिमका एक/दुई स्थानमा बेलुकासम्म हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार बिहानैदेखि पानी परिरहे पनि दिउँसो मौसम सफा रहनेछ । दिउँसोको समयमा भने केहि स्थानमा मेघ गर्जन/चट्टयांगसहित हल्कादेखि मध्यम वर्षा हुनेछ।

त्यस्तै रातिको समयमा पनि देशभरी सामान्य बदली रही केही स्थानहरुमा मेघ गर्जन/चट्टयांग सहित हल्का देखि मध्यम वर्षा हुनेछ । मध्य र पश्चिमका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

 
 
  
 

You may also like