बुटवल बाइकर्समा तिज मिलन तथा दर खाने कार्यक्रम

by समतल अनलाइन

बुटवल । हिन्दु महिलाहरुको महान चाड हरितालिका तिजको अवसरमा शुक्रबार बुटवल बाइकर्स प्रा.लिले तिज मिलन तथा दरखाने कार्यक्रम सम्पन्न गरेको छ।

विगतका बर्षहरुमा जस्तै यस बर्ष पनि बुटवलको मिलन चोक आफ्नै शोरुममा प्रा. लिका कर्मचारी लगायत आफ्ना ग्राहक तथा सुभचिन्तक हरुलाई र पत्रकारहरुको उल्लेख्य रुपमा उपस्थिति रहेको प्रा. लिका सेल्स म्यानेजर पारस मरासिनीले जानकारी दिएका छन ।

यस्ता खालका चाड पर्बले महिला दिदि बहिनीहरुलाई आपसीरुपमा मेलमिलापको बाताबरण सिर्जना गरि समुन्नत समाज निर्माण गर्नमा महत्वपूर्ण योगदान दिने प्रा. लिका सहायक प्रवन्ध निर्देशक राधा भट्टराईले बताइन ।

कार्यक्रममा महिला दिदिबहिनिहरुको नाचगानका साथै सुभकामना आदानप्रदान भएको जानकारी गराइएको छ। कार्यक्रममा करिब १०० जनाको उपस्थिति रहेको जानकारी गराइएको छन।

 
 
  
 

You may also like