बाँकेमा भेटिएका ४७ जना कोरोना संक्रमित नरैनापुरका

काठमाडौं। बाँकेमा आज कोरोना संक्रमण पुष्टि भएका सबै ४७ जना नरैनापुर गाउँपालिकाका भएको खुलेको छ।नरैनापुरकै २५ वर्षीय युवकको हिजो, ४ जेठ बिहान कोरोना संक्रमणबाट मृत्यु भएको थियो।

जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन नरेश श्रेष्ठले आज भेटिएका सबै संक्रमित नरैनापुरका भएको बताए।“नरैनापुरमा १३ वटा क्वारेन्टाइन छन्, तीमध्ये ४ वटा क्वारेन्टाइनमा बसेकाको परीक्षण गर्दा ४७ जनामा संक्रमण पुष्टि भएको हो”, उनले देखापढीसँग भने।

नरैनापुर गाउँपालिका भारतसँग जोडिएको गाउँपालिका हो।यो गाउँपालिकामा लकडाउनपछि पनि धेरैजना भारतबाट फर्किएका थिए। ४ जेठमा मृत्यु भएका युवक पनि भारतको मुम्बईबाट फर्किएका थिए। उनीसहित ६६ जनालाई ३० वैशाखमा एउटै क्वारेन्टाइनमा राखिएको थियो।

 
 
  
 

You may also like