अतिक्रमित भूमि समेटिएको नेपालको नक्सा मन्त्रिपरिषद्‍द्वारा स्वीकृत

काठमाडौं ।सरकारले नेपालको नयाँ नक्सा स्वीकृत गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले भारतले अतिक्रमण गरेको लिपुलेक, कालापानी र लिम्पियाधुरासहितको क्षेत्र समेटिएको नक्सा स्वीकृत गरेको एक मन्त्रीले जानकारी दिए ।

बैठकले नयाँ नक्सा स्वीकृत गरेको छ, यो कदम ऐतिहासिक हो, यसबारे विस्तृत विवरण प्रवक्ताले नै खुलाउनुहुन्छ ।’ भूमि व्यवस्था मन्त्रालयले तयार पारेको भारतद्वारा अतिक्रमित भूमि समेटिएको नेपालको नयाँ नक्सालाई आइतबारको मन्त्रिपरिषद् बैठकमै प्रस्तुत गरिए पनि आवश्यक छलफलका लागि भन्दै निर्णय हुन सकेको थिएन ।

नयाँ नक्सामा भारतले अतिक्रमण गरेका नेपालका लिपुलेक, कालापानी र लिम्पियाधुरालाई समावेश गरिएको छ । भारतले २ नोभेम्बर, सन् २०१९ मा सार्वजनिक गरेको नक्सामा नेपालको भू-भाग समेटिएपछि तत्कालै संसदीय समितिहरूले नेपाल सरकारलाई पनि नयाँ नक्सा सार्वजनिक गर्न दबाब दिएका थिए ।

भारतले नेपालको कालापानी हुँदै सडक निर्माण गरेर यही मे ८ मा उद्घाटन गरेपछि नेपालमा त्यसको विरोध हुँदै आएको छ ।

 
 
  
 

You may also like