रुपन्देहीका ३ सहित ४ वटा पेट्रोलपम्प कारवाहीमा

by समतल अनलाइन

बुटवल । गुणस्तर तथा नापतौल कार्यालय बुटवलले रुपन्देहीका तिन सहित चार पेट्रोल पम्पलाई कार्बाही गरेको छ ।

कार्बाहीमा पर्नेमा बुटवल नयाँगाउ स्थित लम्साल आयल सप्लार्य, रुपन्देहीको तिलोत्तमा नगरपालिका मणिग्राम स्थित शंकर पेट्रोलियम, रुपन्देहीको देवदह नगरपालिका धकधही स्थित लुम्बिनी लोटस आयल सप्लायर्स र कपिलबस्तुको रिया आयल सप्लायर्स रहेका छन् ।

लम्साल आयल सप्लायर्सलाई १५ दिन कैद सजाय र ५० हजार रुपयाँ जरिवाना,शंकर पेट्रोलियम सप्लायर्सलाई ३ महिना कैद सजाय र १० हजार जरिवाना,लुम्बिनी लोटसलाई १ महिना कैद सजाय र १० हजार जरिवाना तथा कपिलबस्तुको रिया आयल सप्लायर्सलाई ४ महिना कैद सजाय र १० हजार जरिवाना तिराउने निर्णय गरेको बुटवल स्थित गुणस्तर तथा नापतौल कार्यालयले जनाएको छ ।

स्टाण्डर नापतौल ऐन २०२५ बिपरित कार्य पेट्रोलियम पदार्थ बिक्रि बितरण गरेको पाइएकोले उनिहरुलाई सो कार्बाही गरिएको हो ।
गुणस्तर तथा नापतौल कार्यालय बुटवलले गत आर्थिक बर्ष २०७५÷०७६ मा एकल तथा संयुक्त गरि ९७ फर्मको अनुगमन गरेको कार्यालय प्रमुख मनोज कुमार पोखरेलले जानकारी दिए ।

सो कार्यालयले बिभिन्न सिर्शक अन्तरगत गत आर्थिक बर्ष २०७५÷०७६ मा कूल ८७ लाख ५२ हजार ७९ रुपयाँ आम्दानी गर्न सफल भएको छ ।चालु आर्थिक बर्ष २०७६÷०७७ को हाल सम्म एकल २ र संयुक्त ६ गरि ८ फर्मको अनुगमन गरिसकेको सो कार्यालयले जनाएको छ ।

 
 
  
 

You may also like