विद्यार्थी नेता निराजन घिमिरेले वृद्धवृदा संग जन्मदिन मनाए

by समतल अनलाइन

हिमलाल गिरि “पारस ”
बुटवल।जन्मदिन अर्थात बर्थ डे केक काट्ने र साथिभाइ जम्मा गरेर रमाइलो गरी मनाईने प्रचलन नेपाली समाजमा हावी नै छ। जन्म दिनमा हजारौ खर्च गरेर भोज नै खुवाउने प्रचलन पनि छ। यस्तो संस्कृति बढ्दै गएको समयमा नेपाल विद्यार्थी सघंका निवर्तमान केन्द्रिय सदस्य निराजन घिमिरेले केक काट्न छाडेर सामाजिक तथा धार्मिक काम गरेका छन् । उनले जन्म दिन मनाउने शैलि परीवर्तन गरेका हुन्

ने बि सघं नेता घिमिरेले पाल्पाको सिद्धबाबा धाममा रहका दर्जनौ वृद्ध, बृद्दा ,अनाथ बालबालिका तथा धर्मावलम्बीलाई खाना खुवाएर जन्म दिन मनाएका छन । आफ्नो २८औ जन्मदिनमा उनी नेबि सघंका नेता कार्यकर्तालाई लिएर सेवामा जुटेका हुन । उक्त सेवा मा नेबि सघं पुर्व केन्द्रिय सदस्य लेखनाथ भट्टराई , टकं पाण्डे लगाएतका दर्जनौ नेता कार्यकर्ताको उपस्थिती रहेको थियो।

ठुला ठुला होटल र रेष्टुरेन्टमा बसेर जन्मदिनको नाममा गरिने खर्च नेता भुषालले जस्तै सामाजिक काममा लगाउने हो भने साच्चै समाज देश परीवर्तन हुन धेरै समय लाग्ने थिएन होला। त्यसैले सबैले आफ्नो कार्यशैलि परीवर्तन गर्नु पर्ने भएको छ।

जन्म दिनमा केक काट्न छाडेर किन यस्तो सामाजिक धार्मिक काममा लाग्नु भयो त भन्ने प्रश्नमा घिमिरेले भने- परीवर्तनको शुरुवात हामी आफैले गर्नुपर्छ। मैले जन्म दिनको नाममा केही गर्ने खर्सिद्धबाबा धाममा रहेकाधार्मिक दर्जनौ वृद्ध, बृद्दा ,अनाथ बालबालिका तथा धर्मावलम्बी निम्ती गर्दा त्यसको प्रभाव समाजको मानसिकतामा सकारात्मक पर्न जान्छ। सामाजिक , धार्मिक कार्यमा खर्च गर्दा समाज नै परीवर्तन हुन्छ, समाज परीवर्तन हुँदा हामी पनि परीवर्तन हुन्छौ।

त्यसैले उपस्थित नेताकार्यकर्तालाई औल्याउँदै यसको सिको नेबिसघंका नेता कार्यकताहरुले गर्नु पर्दछ। तब मात्र समाज परीवर्तन हुन्छ , समग्र राष्ट्र परीवर्तन हुन्छ अनी देश समृद्ध हुन्छ। हेर्दा सानो सहयोग देखिए पनि देशका लागि ठुलो योग्दान हुन्छ। त्यसैले म सबैमा जन्म दिन मनाउने हाम्रो शैली परीवर्तन गर्न अपील गर्दछु ” उनले भने ।

सिद्धबाबा धाममा रहका दर्जनौ वृद्ध, बृद्दा ,अनाथ बालबालिका तथा धर्मावलम्बीले घिमिरेलाइ शुभकामना दिदै धन्यवाद ज्ञापन गरेका थिए ।

 
 
  
 

You may also like