आज पनि मौसम सुधार नहुने, हावाहुरी सहित असिनापानीको सम्भावना

काठमाडौं। देशभरको मौसम आज पनि सुधार नहुने भएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज पनि मुलुकका विभिन्न स्थानमा हावाहुरीसहित असिना पानी पर्ने सम्भावना कायमै रहेको छ ।

आज काठमाडौं उपत्यकता सहित देशभरका केहि स्थानमा बिहानैदेखि फाटफुट बर्षा भईरहेको छ । महाशाखाका अनुसार अहिले पूर्वी भू भागमा सामान्य वदली र मध्य पहाडी भू-भागमा आंशिक वदली भइ बाँकी भू-भागमा मौसम सफा छ तर दिउँसोसम्म वर्षा हुने सम्भावना भने कायमै छ ।

दिउँसोसम्म देशभर सामान्य बदली रही केही स्थानहरुमा मेघगर्जन, चट्याङ्ग तथा असिना र हावाहुरीसहित वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् । बर्षाको क्रम आउने शनिबारसम्म कायमै रहने महाशाखाको पूर्वानुमान रहेको छ ।

 
 
  
 

You may also like