बलिवुड अभिनेता ऋषि कपुरको निधन

काठमाडौँ । बलिवुड अभिनेता ऋषि कपुरको निधन भएको छ । बलिवुडका महानायक अमिताभ बच्चनले ऋषि कपुरको निधन भएको जानकारी दिएका छन् ।अमिताभ बच्चनले ट्वीट गर्दै आफु टुटेको बताएका छन् । अचानक स्वास्थ्य खराब भएपछि गएराती ऋषि कपुरलाई मुम्बईस्थित एचएन रिलायन्स फाउन्डेसन अस्पतालमा भर्ना गरिएको थियो । ६७ बर्षिय अभिनेता कपुर लामो समयदेखि क्यान्सरबाट पिडित रहेका थिए ।

ऋषि कपुर गत सेप्टेम्बरमा मात्र अमेरिकामा लामो समयको उपचारपछि मुम्बई फर्किएका थिए । उनी गत फेब्रुअरीमा समेत स्वास्थ्यमा समस्या हुदा अस्पताल भर्ना भएका थिए । सामाजिक संजालमा निकै सक्रिय रहने कपुरले अप्रिल २ देखि केहि सामग्री पोष्ट नगर्दा स्वास्थ्य ठीक नभएको आशंका गरिएको थियो ।

 
 
  
 

You may also like