भारतमा संक्रमितको संख्या झण्डै ३० हजार पुग्यो

काठमाडौँ । भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या झण्डै झण्डै ३० हजार पुगेको छ । सोमबारमात्रै भारतमा १ हजार ५६१ जनाभन्दा बढी संक्रमित फेला परेका छन् । त्यस्तै सोमबारमात्रै कोरोना भाइरसबाट संक्रमित ५८ जनाभन्दा बढीको मृत्यु भएको छ । योसँगै भारतमा मृत्यु हुनेको संख्या ९३९ पुगेको छ ।

संक्रमितमध्ये ७ हजार १३७ जना निको भएर घर फर्किएका छन् । गम्भीर कति छन् त्यसबारे भने रिपोर्ट दिइएको छैन ।

भारतमा यसरी दिन प्रतिदिन नयाँ नयाँ संक्रमितहरू थपिँदै जानु चुनौतीपूर्ण भएको यहाँका स्वास्थ्य अधिकारीहरूले जनाएका छन् । भारतको राजस्थान, तामिलनाडू, मध्यप्रदेश र केरला राज्यमा उच्च संख्या कोरोना संक्रमित रहेका जनाइएको छ ।

भारतमा संक्रमण बढदै गएपछि सरकारले कोरोना भाइरस (कोविड–१९) को संक्रमण रोक्नको बन्दाबन्दी (लकडाउन) लाई आगामी मे महिनाको ३ तारिखसम्म लम्ब्याएको घोषणा गरेको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गत महिना घोषणा गरेको २१ दिने लकडाउनको अवधि समाप्त हुँदै गरेको अवस्था पुनः १९ दिनको लकडाउनलाई जोडिएको घोषणा गरेका थिए ।

 
 
  
 

You may also like