इटालीमा कोरोना भाइरसः झण्डै २७ हजार जनाको मृत्यु

काठमाडौँ। इटालीमा कोरोना भाइरसका कारण हालसम्म ज्यान गुमाउनेको संख्या २६ हजार ९७७ पुगेको छ । सोमबारमात्रै ३३३ जनाभन्दा बढीले ज्यान गुमाएका छन् । त्यस्तै संक्रमितको संख्या १ लाख ९९ हजारभन्दा बढी पुगेको छ । सोमबारमात्रै झण्डै १ हजार ७३९ नयाँ संक्रमित फेला परेका छन् ।

इटालीमा हालसम्म ६६ हजारभन्दा बढी संक्रमितहरु उपचारपछि घर फर्किसकेका छन् । त्यस्तै झण्डै २ हजार जनाको अवस्था गम्भीर रहेको छ ।

स्पेनमा पनि कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्यामा पनि निकै कमी आएको छ । सोमबारमात्रै स्पेनमा कोरोनाका कारण झण्डै ३३१ जनाभन्दा बढीले ज्यान गुमाएका छन् ।

योसँगै हालसम्म स्पेनमा कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या २३ हजार ५२१ पुगेको छ । त्यस्तै स्पेनमा संक्रमितको संख्या २ लाख २९ हजार पुगेको छ । १ लाख २० हजारभन्दा बढी संक्रमित निको भएर घर फर्किएका छन् ।

 
 
  
 

You may also like