अमेरिकामा कोरोना भाइरस संक्रमितको संख्या १० लाख नाघ्यो

काठमाडौँ। अमेरिकामा कोरोना भाइरसका कारण हालसम्म मृत्यु हुनेको संख्या ५६ हजार ७९६ पुगेको छ । सोमबारमात्रै १ हजार ३८३ जनाभन्दा बढीको ज्यान गएको छ । पछिल्लो समय अमेरिकामा कोरोना भाइरसबाट संक्रमित ज्यान गुमाउने संख्यामा कमी आएको छ । त्यस्तै संक्रमितहरुको संख्या झण्डै १० लाख नाघेको छ ।

सोमबारमात्रै २२ हजारभन्दा बढी नयाँ संक्रमित फेला परेका छन् । १ लाख ३८ हजारभन्दा बढी संक्रमित उपचारपछि घर फर्किएका छन् । १४ हजार १८६ जनाको अवस्था गम्भीर रहेको छ ।

अमेरिकामा कोरोना भाइरस विस्तारै नियन्त्रणमा आउन थालेको अधिकारीहरुले जनाएका छन् । संक्रमितको संख्यामा पनि निकै कमी आएको रिपोर्टमा उल्लेख छ । उच्च सतर्कता अपनाउन सरकारले विशेष आग्रह गर्दै आइेको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राजनीतिलाई बढी महत्व दिएको र आम मानिसको स्वास्थ्यलाई वेवास्था गरेको आरोप लागेको छ । आउँदै गरेको राष्ट्रपति निर्वाचनका लागि उनले आफ्नोे गल्ती लुकाउन चीन र डब्लुएचओलाई दोष दिदै आइरहेको अधिकारीहरुले बताएका छन् । पछिल्लो समय अमेरिकमा देखिएको सुधारले भने भाइरस नियन्त्रणमा आउने केही महिना अझै लाग्न सक्ने अनुमान गरिएको छ ।

 
 
  
 

You may also like