राष्ट्रपतिद्वारा सरकारले ल्याएका अध्यादेश खारेज

काठमाडौं। सरकारले ल्याएका विवादित दुवै अध्यादेश आज (शुक्रबार) औपचारिक रुपमा खारेज भएका छन् । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले दुबै अध्यादेश खारेज गरेकी हुन् ।
सरकारले यही वैशाख ८ गते राजनीति दल र संवैधानिक परिषद्सम्बन्धी दुई अध्यादेश ल्याएको थियो ।एउटा अध्यादेश दल विभाजनलाई खुकुलो बनाउने र अर्को अध्यादेशमा प्रतिपक्षी दलको नेता नभए पनि संवैधानिक परिषद्को बैठक बसी निर्णय गर्न सक्ने ल्याइएको थियो ।

तर, विपक्षी पार्टी, नागरिक र स्वयम सत्तारुढ दलका नेताहरुबाट व्यापक अलोचना भएपछि शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले अध्यादेश फिर्ता लिने निर्णय गरेको थियो ।

सोही अनुसार मन्त्रिपरिषदले सिफारिस गरेपछि अध्यादेश खारेज गरिएको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेद्वारा जारी विज्ञप्तिमा जानकारी गराइएको छ ।

 
 
  
 

You may also like