अमेरिकामा मृतकको संख्या सबैभन्दा धेरै, ५ लाख ६ हजारमा संक्रमण

एजेन्सी । कोरोना भाईरस (कोभिड १९) कारण अमेरिकामा सबैभन्दा धेरै व्यक्तिको मृत्यु भएको छ । अमरिकामा पछिल्लो २४ घण्टामा १३६ जनाको मृत्यु भएसँगै मृतकको संख्या १८ हजार ८ सय ८३ पुगेको छ ।

यो संक्रमण फैलिएको देशमध्ये अहिलेसम्मको उच्च हो । यसअघि स्पेन र ईटलीमा मृतकको संख्या धेरै रहेको भएपनि पछिल्लो अपडेट अनुसार अमेरिकामा मृतकको संख्या सबैभन्दा धेरै भएको हो ।

अमेरिकामा कोरोना भाईरसका कारण ५ लाख ६ हजारमा संक्रमण फैलिएको छ । २८ हजार २ सय व्यक्ति निको भएर घर फर्किएका छन् भने ४ लाख ५८ हजार भन्दा धेरै उपचाररत छन् ।

अमेरिकामा सबैभन्दा धेरै प्रभाव न्युयोर्क सिटीमा परेको छ । न्युयोर्क सिटीमा अहिलेसम्म ७ हजार ८ सय ४४ जनाको मृत्यु भैसकेको छ । १ लाख ७२ हजार जनामा संक्रमण फैलिएको छ ।

अमेरिकापछि इटलीमा १८ हजार ८ सय ४९ जनाको मृत्यु भएको छ ।

 
 
  
 

You may also like