प्रदेश ५ को सर्वदलीय बैठकः कोरोना रोकथामबारे भैरहेको कामबारे जानकारी

बुटवल । प्रदेश ५ काे सर्वदलीय बैठकमा कोरोना रोकथाम तथा नियन्त्रणमा भइरहेका कामबारे बहस भएकाे छ । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले सर्वदलीय बैठक डाकेका हुन् ।

बैठकमा मुख्यमन्त्री पाेखरेलले प्रदेश सरकारले बाँके, दाङ, बुटवल र भैरहवामा चार वटा आईसीयूसहितको कोरोना विशेष अस्पताल तयार गरी उपचार शुरु गरेको जानकारी गराए ।

Dish_Home
तीन तहका सरकारले अहिलेसम्म गरेका काम र योजनाबारे जानकारी गराउँदै उनले सबैको सहकार्य र सहयोगबाट नै कोरोना विरुद्धको लडाई जित्न सकिने बताए ।

उनले भैरहवामा प्रदेश प्रयोगशालामा कोरोना भाइरसको परीक्षण भइरहेको र केही दिनमै नेपालगञ्जमा पनि परीक्षण हुने भन्दै दाङमा पनि पीपीआर मेसिन ल्याउन प्रक्रिया अघि बढेको जानकारी गराए ।

बैठकमा प्रदेशसभा नेकपा संसदीय दलका प्रमुख सचेतक भुमिश्वर ढकाल, संसदीय समितिका सभापति दधिराम न्यौपाने, हरि रिजाल, कांग्रेस सचेतक निर्मला क्षेत्री, प्रदेश सभा सदस्य फकरुद्दीन खान, विजय जयसवाल, समाजवादी फोरमका प्रदेश सभा सदस्य सन्तोष पाण्डे र राजमो प्रदेशसभा सदस्य तारा जिसी सहभागी थिए ।

बैठकमा सहभागीहरुले सबैले आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाएका नेकपा संसदीय दलले जनाएकाे छ ।

 
 
  
 

You may also like