बाढी–पहिरो र डुबानबाट ज्यान गुमाउनेको संख्या २२६ पुग्यो, २५ जना अझै बेपत्ता

by समतल अनलाइन

काठमाडौं । दुई दिन परेको अविरल वर्षाका कारण बाढी–पहिरो र डुबानमा परी ज्यान गुमाउनेको संख्या २२६ पुगेको छ भने २५ जना अझै बेपत्ता छन् । आज (मंगलबार) साँझ ६ बजेसम्मको तथ्यांकअनुसार सुरक्षाकर्मीले १३ हजार ६१ जना बढीको उद्धार गरेका छन् । यस्तै प्राकृतिक विपदमा १५९ जना घाइते भएको प्रहरीले जनाएको छ ।

यस्तै, अविरल वर्षाका कारण विभिन्न स्थानहरूमा बाढी तथा पहिरोले सडक अवरूद्ध भएको हुँदा लामो यात्रामा निस्कनुअघि सम्बन्धित जिल्ला कार्यालयमा सम्पर्क गर्न अनुरोध गरेको छ । त्यस्तै, अवरूद्ध सडक बाटो खुलाउने प्रयास भइरहेको जनाइएको छ ।

 
 
  
 

You may also like