बेल्जियममा पनि मनाइयो ३० ओेैं विश्व आदिवासी दिवस

by समतल अनलाइन

सुबास चाम्लिंग
बेल्जियम। युरोपेली मुलुक बेल्जियममा पनि ३० ओैं विश्व आदिवासी दिवस मनाइएको छ ।

नेपाल आदिवासी जनजाति महासंघ बेल्जियमले शुक्रबार लुभेन शहरमा एक कार्यक्रमको आयोजना गरि ३० ओैं विश्व आदिवासी दिवस मनाएको हो । सो अवसरमा बोल्दै कार्यक्रमका प्रमुख अतिथी नेपाली दूतावास ब्रसेल्सका उपनियोग प्रमुख रमेश गैरेले संयुक्त राष्ट्रसंघले बिश्वभर नै आदिवासीहरूको कला, संस्कृति, भाषा र धर्मको संरक्षण गर्नुपर्ने भनेर स्पष्ट रुपमा उल्लेख गरेकाले सोको सबैले पालना गर्दै गइरहेको बताउनुभयो ।

गैर आवासीय नेपाली संघ बेल्जियमकी अध्यक्ष सीता सापकोटाले नेपालको सन्दर्भमा ३० बर्ष अघि जेनेभा कन्भेन्सनले प्रदत्त गरेको आदिवासीका हकहित र अधिकार प्राप्तिका लागि सरकारलाई सजग बनाईरहनुपर्ने बताउनुभयो । नेपाल आदिवासी जनजाति महासंघ बेल्जियमका अध्यक्ष बिरमान मगरले आदिवासीबारे संयुक्त राष्ट्रसंघको अभिसन्धि आईएलओ १६९ र संयुक्त राष्ट्रसंघको आदिवासी घोषणापत्र-२००७ को अक्षरस पालना गर्न सरकारसंग माग गर्नुभयो ।

कार्यक्रममा संघीय समाज बेल्जियमका नेत्र मगर, नेपाल पत्रकार महासंघ युरोपका अध्यक्ष केजिन राई, जनप्रगतिशिल मन्चका महासचिव कल्पना मगर, प्रवासी नेपाली मन्चका सूर्य श्रेष्ठ, मगर संघका पूर्व अध्यक्ष मार्के मगर, तमु समाजका पूर्व अध्यक्षहरू ओमराज गुरूंग, संगिता तमुस्यो, किराचु महासचिब कला इधिंगो, तमु समाजका निवर्तमान महासचिब सूर्य बहादुर गुरुङ लगायतले शुभकामना मन्तब्य दिनुभएको थियो ।

कार्यक्रममा जातिय संस्थाहरूको तर्फबाट अध्यक्षहरू होम गुरूंग, लोक राना, बदन योंगहांग, अनिता लामा, सूर्य नारायण श्रेष्ठले मन्तब्य राख्नुभएको थियो । कार्यक्रम महासंघका अध्यक्ष बिरमान मगरको सभापतित्व, सूर्य श्रेष्ठको स्वागत र रविन राईको सञ्चालनमा सम्पन्न भएको थियोे।

कार्यक्रमको सह-आयोजक मातृसंस्थाहरू बिश्व मगर संघ बेल्जियम, तमु समाज बेल्जियम, पासा पुँच बेल्जियम, तामाङ समाज बेल्जियम, शेर्पा किदुक बेल्जियम, किराँत राई सोसाईटी बेल्जियम, किराँत याक्थुम चुम्लुंग बेल्जियम र थकाली सेवा समिति रहेका थिए ।

 
 
  
 

You may also like