कोरोना उपचारमा खटिने निजी अस्पतालका डाक्टर र स्वास्थ्यकर्मीलाई सरकारी सरह सुविधा दिइने

काठमाडौं । सरकारले कोरोना भाइरस (कोभिड-१९) रोग उपचारमा खटिने निजी अस्पतालका चिकित्सक र स्वास्थ्यकर्मीलाई पनि सरकारी कर्मचारीसरहकै थप सुविधा दिने निर्णय गरेको छ।

सोमबार बसेको मन्त्रिपरिषद बैठकले निजी क्षेत्रका डाक्टर तथा स्वास्थ्यकर्मीलाई पनि सरकारी चिकित्सकले पाउने तलबसरहकै तलब र भत्ता सुविधा दिने निर्णय गरेको हो ।

सरकारका प्रवक्ता डा. युवराज खतिवडाका अनुसार निजी क्षेत्रका चिकित्सकहरुले पनि सरकारी अस्पतालहरुमा आएर काम गर्न चाहेमा वा काम गर्न खोजेमा सम्बन्धित तहअनुसार मिलान गरेर काम गर्न अवसर दिइनेछ ।

उनीहरुले पाउने सुविधा सरकारी चिकित्सकहरुले पाउनेसरहको हुने छ र तह पनि त्यसैअनुसार मिलाइने छ ।

यसअघि कोरोना नियन्त्रण सम्वन्धी उच्चस्तरीय समितिको आइतबार बसेको बैठकले देशभरका ५० हजार महिला स्वास्थ्य स्वयंसेविकालाई पनि सहभागी गराउने निर्णय गरेको थियो ।

  • मनोरन्जनको लागि यो भिडियो हेरौ :

 
 
  
 

You may also like