तिनाउ एफएम द्वारा विपन्न परिवारलाई खाद्यान्न वितरण

बुटवल। महामारीको रुपमा विश्वभर फैलिएको कोरोना भाईरस (कोभिड–१९) को प्रभाव यती वेला निकै व्यप्त वन्दै भएको छ । उक्त संक्रमणको उच्च जोखिमलाई मध्यनजर गर्दै, सरकारले गरेको लकडाउनका कारण दैनिक छाक टार्न समस्या भएका विपन्न परिवारलाई तिनाउ ९८.२ एफएम, रेडियो संगित ९२.४ मेघाहर्ज र अमर युवा क्लवको संयुक्त सहकार्यमा रुपन्देहीको बुटवल उप–महानगरपालिका वडा नं. १३ वँदेल पोखरी र तिलोत्तमा नगरपालिका वडा नंं. ४ र १५ का रहेका विपन्न घर परिवारहरुलाई सोमवार (आज) राहत वितरण गरिएको छ ।

उक्त तिन वटै संस्थाले दुई वटा नगरपालिकाका तिन र अन्य स्थानमा वसोवास गर्दै आएका ५० घर परिवारहरुलाई राहत बाँडिएको हो । दैनिक ज्यालादारी गरेर छाक टार्ने परिवारहरु मात्रै नभई अपाङ्ग, अतिविपन्न र दीर्घरोगीहरुलाई स्थानिय टोल विकास संस्थाको सिफारिसमा पहिचान गरिएका विपन्न परिवारहरुलाई चामल, दाल, चना, खाने तेल, नुन र सब्जी मसला वितरण गरिएको तिनाउ एफएम एण्ड मिडिया प्रालीले जनाएको छ ।

यसैविच तिनाउ एफएम, रेडियो संगित र अमर युवा क्लवका अध्यक्ष मृगेन्द्र कुमार शेरचनद्वारा प्राप्त उक्त खाद्यान्न राहत विपन्न परिवारहरुको घर आँगनमा गएर उक्त एफएमको टोलीले वितरण गरिएको तिनाउ एफएमकर्मी एंव राहत वितरणकी संयोजक झरना घर्ती मगरले जनाएकी छिन् ।

तिनाउ एफएम, रेडियो संगित र अमर युवा क्लवका अध्यक्ष मृगेन्द्र कुमार शेरचनले आफ्ना १८ वटा व्यवसायिक सटरहरुको चैत महिनाको भाडा नलिने घोषणा गरिसकेका छन् भने बुटवल उप–महानगरपालिकाले लकडाउनका कारण दैनिकी खाद्य समस्यामा परेका विपन्न परिवाहरुलाई विभिन्न दाताहरुद्वारा संकलन गरी मजदुरी गरेर खानेहरुलाई सहयोग गर्नका लागि निर्माण गरेको राहत कोषमा दुई क्विन्टल चामल प्रदान गरिसकेको वताईएको छ ।

यस्तै विपन्न वर्गहरुको घर–घरमा पुगेर राहत वितरण कार्यमा तिनाउ एफएम र रेडियो संगितमा कार्यरत प्राविधिक प्रमुख मिठु खाँन, कार्यक्रम सञ्चालिकाहरु झरना घर्ती मगर, प्रभा गाहा, यमुना चौधरी र पत्रकार नारायण वली लगायतको सहभागिता रहेको थियो ।

 
 
  
 

You may also like