मेडिकल काउन्सिलले भन्यो– अत्यावश्यक सेवा लिनुपर्ने अवस्थामा बाहेक अस्पताल नआउनू !

काठमाडाैं ।नेपाल मेडिकल काउन्सिलले एक सय शय्याभन्दा माथिका अस्पतालमा अलग्गै ज्वरो क्लिनिक सञ्चालन गर्नेसहित अस्पताल र
स्वास्थ्यकर्मीलाई ८ बुँदे निर्देशन जारी गरेको छ ।

स्वास्थ्यकर्मीहरूको व्यक्तिगत सुरक्षाको व्यवस्था मिलाउने, अस्पतालहरूमा अनावश्यक भीड हुन नदिने, हालका लागि जनरल हेल्थ चेकअप क्लिन सञ्चालन नगर्ने लगायत निर्देशन काउन्सिलको छ ।

 

अत्यावश्यक सेवाका लागि मात्र अस्पताल आउन सर्वसाधारणलाई अनुरोध गर्दै सूचना जारी गर्न समेत काउन्सिलले अस्पतालहरूलाई निर्देशन दिएको छ ।

काउन्सिलले सर्वसाधारणलाई पनि ४ बुँदामा विशेष अनुरोध गरेको छ ।

 

अत्यावश्यक सेवा लिनुपर्ने अवस्थामा बाहेक सकेसम्म अस्पताल नआउन, केही समयपछि गर्दा हुने शल्यक्रिया पछिका लागि गर्ने गरी तयारी गर्न खोकी लागेका वा ज्वरो आएका व्यक्तिको नजिक नजान र नछुँदा हुने खालका वस्तु नछुन काउन्सिलको अनुरोध छ ।

हेर्नुहोस्, सूचना :

 
 
  
 

You may also like