गुल्मीमा जीप दुर्घटना हुदा चालकको मृत्यु २ जना घाइते

गुल्मी। गुल्मीमा जीप दुर्घटनामा १ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् । जिल्लाको चन्द्रकोट गाउँपालिकाको वडा नम्बर ८ को तुराङ्ग मजुवामा लु २ च ७७५१ नम्बरको जिप दुर्घटना हुँदा चालक धुर्कोट गाउँपालिका वडा नम्बर ६ निवासी २४ वर्षिय मनिस जिसीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जजनाएको छ ।

दुर्घटनामा परेर जीपमा सवार चन्द्रकोट गाउँपालिका वडा नम्बर ४ का ४५ वर्षिय श्याम आचार्य र गुल्मीदवार गाउँपालिका वडा नम्बर २ निवासी ३० वर्षिय शिषिर गौतम गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरिक्षक (एसपी) राजेन्द्रसिंह खड्काले बताए । दुर्घटनामा घाइते २ जनालाई स्थानीय मेडिकलमा समान्य उपचारपछि पाल्पा पठाइएको प्रहरीले जनाएको छ ।

जीप बिहिवार दिउसो तुराङ्ग पिपलपाटा जाँदै गरेको जीप दुर्घटनामा परेको हो । दुर्घटनामा परेको जीप सडकमै पल्टीएको र दुर्घटनाको कारण भने नखुलेको प्रहरीले जनाएको छ ।

 
 
  
 

You may also like