समय अनुसार समाज बदल्न सकिएको छैन : मुख्यमन्त्री पोखरेल

बुटवल। प्रदेश नं.५ का मुख्यमन्त्री शंकर पोखरेलले समय अनुसार समाज बदल्न नसकिएको स्विकार गर्नुभएको छ । साथै उहाले राजा, राणा, पञ्चायत र बिद्रोही शक्तिको आन्दोलन तथा समाजको मनोबिज्ञानका कारण चाहे अनुसार समाज परिवर्ततन गर्न नसकिएको स्विकार गर्नुभएको हो ।

प्रदेश नं.५ को सामाजिक विकास मन्त्रालयल तथा जिल्ला युवा समिति रुपन्देहीको समन्वयमा आज भैरहवामा आयोजना गरिएको मुख्यमन्त्री संग युवा कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री पोखरेलले झण्डै ६ दशक राज्य विरुद्धको संघर्षमा समय बितेका कारण समाज बदल्न नसकिएको बताउनु भएको थियो ।

यस्तै उहाँले सबैकुरा एकै पटक नहुने भएकोले सकारात्मक सोच राखेर अगाडि बढ्नु पर्नेमा जोड दिदै, समाजमा रहेका युवाहरु विदेश जानुपर्ने परिस्थितिको अन्त्य गर्न सरकार लागेको बताउँदै आशावादी भएर युवाहरुलाई काम गर्न आग्रह गर्नुभएको थियो । स्वदेशमै आफ्नो परिवारसंग बसेर काम गर्न सकिने असंख्य कामहरु रहेको भन्दै तर उक्त काम नगर्दा अहिले युवाहरु बेरोजगारी अवस्थामा वढी मात्रामा रहेको जिकिर विभाजनकारी मानसिकताले युवाहरु खाडी मुलुक जाने गरेको उहाँको भनाई रहेको थियो ।
त्यस्तै अर्काे एक प्रशंगमा मुख्यमन्त्री पोख्रेलले समग्र प्रदेश नं.५ सिमेन्ट उद्योगको हब बन्दै गएको जनाउँदै उक्त उद्योगहरुमा काम गर्ने अधिकाशं कामदारहरु भारतीय नागरिकहरु रहेको भन्दै नेपालीहरुले आफ्नो देशमा भएका उद्योगहरुमा सबैखाले काम नगर्दा बाध्य भएर अन्य मुलुक बाट कामदार लिएर काम गर्नु परेको वताउनु भएको थियो ।

यसैविच कार्यक्रममा प्रदेश नं. ५ सरकारका सामाजिक विकास मन्त्री सुदर्शन बरालले प्रदेशका युवाहरुलाई रचनात्मक काममा लैजान प्रदेश सरकारले ठोस कार्यक्रम अगाडी बढाउने आश्वासन दिनुभएको थियो पछिल्लो समय युवाका सपना र आवश्यकतालाई सम्बोधन गर्न सरकारले प्रयत्न गरिरहेको उल्लेख गर्दै वेरोजगार युवाहरुलाई अगाडी बढाउने दायित्व प्रदेश सरकारको रहेको स्पष्ट पार्नुभएको थियो ।

 
 
  
 

You may also like