डेमोक्रेटिक एग्रिकल्चरिस्ट एसोसिएसन नेपाल (डान), लुम्बिनीको संयोजकमा लक्ष्मण सचिवमा सन्देश

बुटवल। डेमोक्रेटिक एग्रिकल्चरिस्ट एसाेसिएसन नेपाल (डान), लुम्विनी प्रदेशकाे प्रादेशिक भेला तथा दोस्रो प्रदेश अधिवेशन भैरहवामा सम्पन्न भएको छ।
डान लुम्बिनीका संयोजक नवराज भण्डारीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा लुम्बिनी प्रदेश योजना आयोगका उपाध्यक्ष डा. नहकुल केसीको प्रमुख आतिथ्यता, नेपाली कांग्रेस रुपन्देहीका सभापति तथा तिलोत्तमा नगरपालिकाका नगर प्रमुख रामकृष्ण खाँडको विशिष्ट आतिथ्यता रहेको थियो ।

कार्यक्रमका प्रमुख अतिथी प्रदेश योजना आयोगका उपाध्यक्ष डा. नकुल केसिले पार्टीमा Lateral entry को व्यवस्था गरि बिज्ञलाई पार्टीमा उचित भुमिका दिदा पार्टी र देश दुबैलाइ फाइदा हुने जनाएका छन ।

त्यस्तै विशेष अतिथि रामकृष्ण खाणले डानलाई पेशाको हकहित र मर्यादा कायम गर्नुपर्ने जिम्मेवारी रहेको बताए ।

कार्यक्रमका अध्यक्ष नवराज भण्डारीले डानले आगामी दिनहरुमा प्रदेशको कृषि सम्बन्धि विविध योजना सहित योजना आयोगलाइ बुझाउने बताए । कार्यक्रममा नेपाली कांग्रेस रुपन्देही क्षेत्र नम्बर ३ का क्षेत्रीय सभापति सुशील गुरुङको उपस्थिति रहेको थियो।

अधिवेशनले डान लुम्बिनी प्रदेशको ७ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मतिले चयन गरेको छ। गहुँ बाली अनुसन्धान कार्यक्रमका वैज्ञानिक लक्ष्मण अर्याल संयोजक रहेको समितिमा एनसीडीसी दाङका कृषि कार्यक्रम संयोजक शशांकबाबु आचार्य सह-संयोजक, गुल्मीका कृषि विज्ञ संदेश भण्डारी सचिव, पक्लिहवा कृषि क्याम्पसकी उपप्राध्यापक पूजा थापा कोषाध्यक्ष रहेका छन भने सदस्य हरुमा पक्लिहवा कृषि क्याम्पसकै उपप्राध्यापक डा अनु दुवाल, कृषि ज्ञान केन्द्र पाल्पाका प्रमुख सन्तोष चौधरी तथा माण्डवी गाउँपालिका प्युठानका कृषि अधिकृत सनत केसी रहेका छन्।

 
 
  
 

You may also like