कानुन निर्माणमा स्थानीय तह सक्षम हुन जरुरी : सभामुख घर्ती

by समतल अनलाइन

बुटवल । लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती मगरले कानुन निर्माणमा स्थानीय तह सक्षम हुन जरुरी रहेको बताउनु भएको छ । लुम्बिनी प्रदेश सभा सचिवालयको आयोजनामा आज बुटवलमा भएको लुम्बिनी प्रदेश सभा र स्थानीय तहबीच कानुन निर्माण तथा सभा संचालन सम्बन्धि अन्तरकृया कार्यक्रमलाई सम्बोधन गर्नु हुँदै उहाँले कानुनी र संबैधानिक ब्यवस्था अनुसार स्थानीय तहसंग कानुन निर्माणमा सहकार्य समन्वय र सहजीकरण गरिएको जानकारी दिनु भयो । सभामुख घर्ती मगरले बिकास निर्माणसंगै कानुन निर्माणमा पनि ध्यान दिनु जरुरी रहेको बताउनु हुँदै कानुन निर्माणमा सानो गल्तीले दीर्घकालीन असर पुग्ने भएकाले संबेदनसिल रहेको बताउनु भयो ।

प्रदेश सभा र स्थानीय तह बीच अन्तरसम्बन्ध स्थापित गरि शुसासन कायम गर्न र जनमैत्री काम गर्न सहयोग पुग्ने बिश्वास व्यक्त गर्नुभयो । माननीय उप सभामुख मेनुका खाड केसी ज्युले स्थानीय तह र प्रदेश सभाबिच सहकार्य जरुरी रहेको बताउनु भयो । प्रदेश सभा सदस्य तुल्सी चौधरीले स्थानीय तहलाई अझै कृयाशिल बनाउन स्थानीय ऐनको आवस्यकता रहेको बताउनु भयो । उहाँले स्थानीय तहको लागि आवस्यक परेको कानुन बनाउन तयार रहेको बताउनु भयो । प्रदेश सभा सदस्य भोज प्रसाद श्रेष्ठले संघीयताले स्थानीय तहलाई अधिकार सम्पन्न बनाएको बताउनु हुँदै सोही अनुसार जिम्मेवारी निर्बाह गर्न आग्रह गर्नु भयो । उहाँले जनमैत्री काम गर्न जनप्रतिनिधिलाई सुझाव दिदै संघीयता सफल बनाउने जिम्मेवारी थपिएको बताउनु भयो । कार्यक्रममा बुटवल उप-महानगरपालिका उपमेयर साबित्रा देबि अर्यालले संघीयताको मर्म अनुसार सहकार्य गर्नु आवस्यक रहेको र प्रदेश सभाले बनाएको कानुन इमानदारीताका साथ कार्यान्वयन गरिरहेको बताउनु भयो । सुद्धोधन गाउँपालिका अध्यक्ष बिष्णु प्रसाद बस्याल , सियारी गापा अध्यक्ष थानेस्वर घिमिरे लगायतले कानुनी प्रक्रियामा सहभागी बनाउनु पर्नेमा जोड दिनु भयो ।

प्रदेश सभा सचिब दुर्लभ कुमार पुनले प्रदेश सभाको गतिविधि र सभा संचालन सम्बन्धि सहजीकरण गर्नुभयो । कानुन उपसचिब ईश्वरी प्रसाद आचार्यले गाउँ / नगर सभा संचालन ब्यवस्था सम्बन्धी सहजीकरण गर्नु भएको थियो । बुटवल नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मित्रमणि खनालले २१ ऐन, १२ नियमावली ,४५ कार्यविधि, १० निर्देशिका,४ मापदण्ड गरि ९२ ऐन, नियमावली निर्देशिका र मापदण्डमा रहि कार्य संचालन गरिएको जानकारी गराउनु भयो । सुद्दोधन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लेखनाथ पौडेलले पदाधिकारी र कर्मचारीको जीवन बिमा सम्बन्धि ऐन, बिद्धुतिय सरकार संचालन ऐन, स्थानीय सेवा ऐन बनाउन जरुरी रहेको बताउनु भयो । त्यसै गरि सियारी गाउँ पालिकाका प्रमुख प्रशासकीय अधिकृत ऋषिराम पन्थीले कानुनको अभावमा कर्मचारी दरबन्दीको समस्या रहेको बताउनु भयो । सचिवालयका अधिकृत राधा रोकाको संचालनमा भएको अन्तरकृयामा बुटवल उप-महानगरपालिका, सुद्दोधन र सियारी गाउँपालिका प्रमुख / उपप्रमुख वडा अध्यक्ष र पालिका सदस्यहरुको सहभागीता रहेको थियो ।

 
 
  
 

You may also like