सवैलाई न्याय हुने गरी नै राजधानी निर्धारण गर्छौ : कानुन मन्त्री केसी

बुटवल। प्रदेश ५ का आन्तरिक मामीला तथा कानुन मन्त्री कुल प्रसाद केसीले सर्वसहमतिबाट नै राजधानी र नामाकरण टुङ्गो लाग्ने बताएका छन् । उनले राजधानी र केन्द्र तोक्ने जस्तो विषयमा हतार गर्न नहुने भन्दै पाको र गहन ढंगले अध्ययन गरी घेषणा गर्ने तयारीमा रहेको बताए ।
रिपोर्टर्स क्लव नेपाल प्रदेश ५ बुटवलले बुधबार आयोजना गरेको साक्षात्कारमा बोल्दै मन्त्री केसीले प्रदेश राजधानीका लागि तीन वटा क्षेत्र दावेदारीमा आएको भए पनि सवैलाई पायक पर्ने गरी निर्णय हुने बताए । “राप्ती अन्चलको राजधानी तुल्सीपूर , लुम्बिनी अन्चलको राजधानी बुटवल र भेरी अन्चलको राजधानी नेपालगन्ज जस्ता क्षेत्रहरुले दावेदारी पेश गरेका छन् । हामी सवैलाई न्याय हुने गरी नै राजधानी निर्धारण गर्दछौँ ।”—उनले भने ।

साक्षात्कारमा बोल्दै प्रदेशसभा सदस्य भोजप्रसाद श्रेष्ठले बुटवल राजनीतिक क्षेत्रमात्र नभई इतिहाससँग जोडिएको क्षेत्र भएकाले बृहत्तर ब’टवलमा नै राजधानी बन्ने बताए । “भर्जिन स्थानको खोजी हुदैछ, जुन रुपन्देहीको विकल्प हुन सक्दैन । त्यस्तो स्थान कनेक्टीभिटी नभएको, एयरपोर्ट नभएको वा पूर्वाधार विहिन स्थान हुन सक्दैन् । नयाँ स्थानमा बनाउँदा ५० बर्ष लाग्न सक्छ । त्यसले समय मात्र होइन स्रोत समेतमा वाधा ल्याउँछ ।” —उनले भने ।
साक्षत्कारमा बोल्दै प्रदेश सभा सदस्य फकरुद्धिन खाँनले राजधानी र नामाकरणले प्रदेशको कार्यसम्पादनमाथि नै प्रश्न चिन्न उठेको बताए । “कार्यकाल अवधि मै प्रस्ताव नआउने पो हो की भन्ने आसंका पैदा भएको छ,उनले भने— “प्रदेशको आधारभूत काम भने कै प्रदेशको राजधानी र नामाकरण हो, त्यही नै दुई बर्ष सम्म भएन । यसमा सरकारको सक्षमता कति भन्ने प्रष्ट भएको छ ।” उनले बुटवलमा कर्मचारी आउन एक बर्ष लाग्यो अव अन्यत्र लैजाँदा कर्मचारी जान तयार हुन्छन् वा हुदैन र प्रश्न गर्दै बुटवल क्षेत्र नै उपयुक्त हुने ठोकुवा गरे ।

त्यस्तै समाजवादी पार्टीका संसदीय दलका प्रम’ख सचेतक सन्तोष पाण्डे संघीय स्तरका नेताहरुबाट प्रदेशको राजधानी र नामाकरणका सन्दर्भमा निर्देशन दिन’ गलत भएको बताए । उनले राजधानीको विषय प्रदेशसभा सदस्यहरुको अधिकार क्षेत्र भएकाले पार्टीको ह्यीप लगाउन’उपयुक्त नहुने धारणा राखे । भर्जिन ल्यान्डका नाममा बन्जर क्षेत्रमा राजधानी बनाउन नहुने उनको तर्क छ । साक्षात्कार, क्लवका प्रदेश प्रम’ख रामकुमार क्षेत्रीको अध्यक्षतामा भएको थियो ।

 
 
  
 

You may also like