लुम्बिनी प्रदेशमा आज सार्वजनिक विदा

by समतल अनलाइन

बुटवल । लुम्बिनी प्रदेशमा आईतबार सार्वजनिक विदा दिइएको छ । प्रदेश स्थापना दिवसको अवसरमा माघ २१ गते प्रदेशमा सार्वजनिक विदा दिइएको हो । प्रदेशको स्थायी राजधानी राप्ती उपत्यका देउखुरीमा कार्यक्रम गरि दिवस मनाउने प्रदेश सरकारको तयारी छ ।

२०७४ माघ २१ गते लुम्बिनी प्रदेश सभाको पहिलो बैठक बसेको थियो । सोही दिन प्रदेशमा स्थापना दिवस मनाउने तयारी थालिएको हो ।

 
 
  
 

You may also like