योग मन र आत्माको मेल हो । योग व्यक्तिको परमेश्वरमा एकाकार हुने एउटा तरिका हो । यस्तो योगलाई नै पूर्ण योग भनिन्छ ।
योगको माध्यमबााट मानिसहरूले आफूलाई स्वस्थ्य, निरोगी बनाउन सक्छन् । अहिलेको जीवनशैली तथा मानिसहरूको अस्वस्थकर खानपानबाट लाग्ने दीर्घकालीन रोग लाग्न नदिनका लागी वा स्वस्थ्य रहन योगको आवश्यकता छ । योगबाट शरीरलाई सन्तुलन गर्न सकियो भने आफ्नो मन पनि सन्तुलनमा आउँछ ।
योगमा मनको विकार हटाउन आठ अंग प्रस्तुत गरिएको छ जसलाई योग अनुशासन भनिन्छ। ती हुन् – यम, नियम, आसन, प्राणायाम, प्रत्याहार, धारण, ध्यान र समाधि। यी आठ अंगमध्ये ६ वटाले मनलाई बन्धनबाट मुक्त गराउन एकाग्र गर्ने विधि सिकाउँछ भने २ वटा अंग (आसन र प्राणायाम) ले शरीरलाई लचिलो र खँदिलो बनाउन सहयोग गर्छ।
यम
कसैलाई मन, बोलीवचन, व्यवहारबाट दुःख नदिनु, हिंसा नगर्नु, सत्य बोल्नु, चोरी वा छलकपट नगर्नु नै यम हो । यममा ब्रम्हाचर्य भनेको चेतनालाई ब्रम्हाको ज्ञानमा स्थित गर्नु वा सबै इन्द्रिय जनित सुखमा संयमित हुनु हो ।
नियम
नियम भित्र पाँच व्यक्तिगत नैतिकता शौच शरीर र मनको शुद्धि, सन्तुष्टि र प्रशन्न रहनु, तप आफुलाई अनुशासित गर्नु, स्वाध्याय वा आत्मचिन्तन गर्नु, ईश्वर प्रणिधान अर्थात ईश्वरप्रति पूर्ण श्रद्धा राख्नु समाबेश हुन्छ ।
आसन
अष्टाङ्ग योगमा आसनको उदेश्य शरीरमा भएका प्रत्येक नस, नाडी मांसपेशी, भित्री अंग र जोर्नीहरु लाई लचिलो बनाई शरीरलाई स्वच्छ र रोग मुक्त राख्न सहयोग पुयाउनु हो । आसनको माध्यमबाट रोग, शोक र पीडा एकैपटक समाप्त हुन्छ र पूर्णस्वाथ्य प्राप्त गर्न सकिन्छ ।
प्राणयाम
आसनमा सिद्धी भएपछि श्वासप्रश्वासको गति लयबद्ध हुनु नै प्राणायाम हो ।
प्रत्याहार
प्रत्याहारमा इन्द्रियहरु आफ्नो कार्यबाट मुक्त हुन्छन् । जस्तै आँखाले देख्न, कानले सुन्न, नाकले गन्ध सुग्न, जिब्रोले स्वाद लिन र छालाले स्पर्शको अनुभूति गर्ने सक्दैनन् । ध्यानमा लुप्त हुने भएकाले चेतनाशून्य भई एकदमै हलुको भएको महसुस हुन्छ । मन्त्र जाप, निरन्तर प्राणायामको अभ्यास, भक्ति योग वा भजनमा बिलीन भएर यो अवस्थामा पुग्न सकिन्छ ।
जव यो घट्छ मन पूर्ण रुपमा शान्त भई अन्तरमुखी हुन्छ । योग शास्त्रमा यो स्थिति लाई शरीरगत ऊर्जाको उध्गमन भनिन्छ ।
धारणा
मनलाई बाहिर या भित्र कुनै एक प्रतीक वा शून्यमा एकाग्र गर्नु धारणा हो ।
ध्यान
कुनै वस्तुमा चित्त लगाइ एकाग्र हुनु नै ध्यान हो । लक्षित वस्तुमा मनलाई स्थिर बनाएर एकै प्रकारको प्रवाहमा रहनु ध्यान हो ।
समाधी
ध्यानगर्दा जव ध्यानको मात्रै अस्तित्व बाँकी रहन्छ त्यो नै समाधिमा हो । समाधिमा लीन भएपछि गंध, स्वाद, रुप ,स्पर्श र शब्द श्रवण केहिको पनि ज्ञान हुदैन । योगको अन्तिम लक्ष्य नै समाधि हो । महिला स्वास्थ्यबाट