तीर्थयात्राका लागि भारत पुगेका ६ जना नेपालीको मृत्यु

by समतल अनलाइन

बैंगलुरु । सवारी दुर्घटनामा परेर भारतमा ६ जना नेपालीको मृत्यु भएको छ । दुर्घटनामा अन्य १८ जना घाइते भएका छन् ।भारतको सलिम–बैंगलुरु राष्ट्रिय राजमार्गअन्तर्गत पर्ने ओमालुरमा दुर्घटना भएको भारतीय पत्रिका ‘द हिन्दू’ को अनलाइन संस्करणमा उल्लेख गरिएको छ ।

कन्याकुमारीको दर्शन गरेर फर्किएका नेपालीहरु सवार मिनीबस दुर्घटनामा परेको जनाइएको छ । भारतीय प्रहरीका अनुसार नेपाली भक्तजन कन्याकुमारीको दर्शन गरेर बैंगलुरुतर्फ फर्किँदै थिए ।

कन्याकुमारीबाट फर्किने क्रममा नारिपल्लम भन्ने ठाउँमा एउटा मन्दिर नजिक आराम गर्न रोकिएको नेपाली भक्तजन चढेको बसलाई बैंगलुरुबाट आइरहेको एउटा निजी बसले ठक्कर दिएको जनाइएको छ ।

भारतीय प्रहरीले मृतक नेपालमध्ये ३ जनाको पहिचान खुलेको जनाएको छ । जसमध्ये ५६ वर्षीय गोपाल तामाङ, ६ वर्षीय विष्णु दाहाल र ५५ वर्षीय हितसरी चौधरी छन् ।

 
 
  
 

You may also like