मनोज गजुरेलले सञ्चारमन्त्रीको अडियो प्रकरणमा दिए ७० करोडको दनक

by समतल अनलाइन

काठमाडौँ । सञ्चारमन्त्री गोकुल बाँस्कोटाको कमिसनका लागि डिल गरेको अडियो सार्वजनिक भएपछि उहाँको चौतर्फी विरोध भएको छ। सञ्चारमन्त्रीको अडियो काण्डका बारेमा विभिन्न प्रतिक्रिया आइरहेका बेला करोड करोड भन्ने मनोज गजुरेलले पनि यसबारे आफ्नो धारणा सार्वजनिक गर्नुभएको छ। हाल रियालिटी शो ‘कमेडी च्याम्पियन्स’का जज रहनुभएका उहाँले कमेडियनको पन्चलाइन राम्रो भएमा करोडको पन्चलाइन भन्ने गर्नुभएको थियो।

उहाँको कमेडी च्याम्पियनमा करोड करोड भनिरहँदा संचारमन्त्रीले ७० करोड मागेको अडियो बाहिरिएपछि धेरैले यस विषयमा गजुरेल र संचारमन्त्रीलाई जोडेर सामाजिक संजालमा ट्रोल गरिरहेका छन्। गजुरेलले ट्वीटरमा लेख्नुभएको छ, ‘करोड-करोड भन्नी तर सुको नदिनी’ भन्थ्यौ नि गाईज् । लिनी तरिका सिक क्या मन्त्रीज्यूबाट । उहाँको कमिसनको कन्टेन्टमा जोक थिएन। ‘मुख्य जिम्मेवार’ भन्ने ‘पञ्चलाईन’ पनि बिजोग थियो । तर, त्यही लाइनबाटै झण्डै सत्तरी करोड हान्दिए । ह्याशट्याग राजिनामा देउ, अनुसन्धानलाई सघाउ, सरकार बचाउ।’

 
 
  
 

You may also like