कोरोनाबारेमा अफवाह नफैलाउन डब्लूएचओको चेतावनी

by समतल अनलाइन

अहिलेसम्म ज्यान गुमाउनेको संख्या ८०३ पुग्यो
काठमाडौं । विश्व स्वास्थ्य संगठन डब्लुएचओले कोरोना भाइरसका बारेमा अफवाह नफैलाउन चेतावनी दिएको छ ।

डब्लुएचओका महानिर्देशक डाक्टर टेड्रोस अडानोम गेबेरियससले ट्रोल र षडयन्त्र कारण कोरोना भाइरसविरुद्ध लडिरहेकाहरुलाई कमजोर बनाउने भन्दै त्यसो नगर्न चेतावनी दिएको बीबीसीले जनाएको छ ।

सही जानकारीबाट मात्र व्यक्ति आफू र अरुको सुरक्षा गर्ने भन्दै महानिर्देशक गेबेरियससले आफूहरु कोरोना भाइरस मात्र नभई ट्रोल र षडयन्त्रविरुद्धमा पनि लड्नु परेको बताएका छन् ।

उपचारमा संलग्न डाक्टरहरुको तस्विरलाई लिएर ट्रोल बनाउने, कोरोनाको उत्पती र असरबारेमा भ्रमण फैलाउने, संक्रमण र मृत्युबारेमा अनर्गल प्रचार गर्ने लगाएतका क्रियाकलाप बढेपछि डब्लुएचओको यस्तो प्रतिक्रिया आएको हो । चिनको वुहानबाट शुरु भएको कोरोना भाइरसका कारण चीनमा मात्र ८०३ जनाको ज्यान गइसकेको छ ।

अहिलेसम्म १५ हजार ४० जना कोरोना संक्रमितहरु उपचारपछि घर फर्किएका बीबीसीले जनाएको छ । कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या सन् २००३ मा फैलिएको सार्सको कारण ज्यान गुमाउनेको संख्याभन्दा धेरै भएको छ । सार्सका कारण ७७४ जनाले ज्यान गुमाएका थिए । एजेन्सी

 
 
  
 

You may also like