रूरूक्षेत्र-१ का जनप्रतिनिधिले बुटवलमा आएर सुझाव संकलन

गुल्मीको रूरूक्षेत्र गाउँपालिका वडा नं. १ का जनप्रतिनिधिले बुटवलमा आएर सुझाव संकलन गरेका छन् । रुरुमा जन्मथलो भई रुपन्देही जिल्लामा आएर बसोबास गर्दैै आएका सरोकारवालाहरुसँग नयाँँवर्ष २०८१ को शुभकामना आदानप्रदान गर्दैै जनप्रतिनिधिले गाउँको विकासको लागि शुझाव संकल गरेका हुन । स्थानीय तहले बसाइँसराई रोक्नको लागि गाउँमै स्वरोजगार बन्ने वातावरण सृजना गरिनु पर्ने सरोकारवालाहरुले सुझाव दिएका छन । रुरुक्षेत्रमा रहेका धार्मिक तथा ऐतिहासिक स्थलको प्रचारप्रसार गर्दै पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न सके स्थानीय स्वरोजगार बन्ने उनिहरुको भनाई छ ।

खानेपानीको सहज पहुँच ,कृषि उपज उत्पादनमा आधारित अनुदान, सडक निर्माण , भौतिक पुर्वाधार , स्वास्थ्य चौकी र नियमित यातायातका साधन गुडाउने वातावरण बनाउनु पर्नेमा जोड दिएका छन । रुरु गाउँपालिका वडा नं. १ का वडा अध्यक्ष नवराज बिकले जनप्रतिनिधिले जनतासँग हातोमालो हुने, बसाइँसराइ रोक्दै गाउँलाई समृद्ध बनाउन आवश्यकता रहेको बताउनुभयो । सरोकारवालाहरुले उठाएका सवाल र सुझावहरूलाइ कार्यान्वयन गरिने उहाँले बताउनुभयो ।वडाको पहिचानको लागि डकुमेन्ट्री बनाउदै ,उखु पकेट क्षेत्र बनाउने अध्यक्ष बिकले बताउनुभयो ।

आर्थिक वर्ष २०८१-०८२ को नीति निर्माणका लागि सुझाव संकलन गरिएको वडा सचिव रामप्रसाद ज्ञवालीले जानकारी दिनुभयो । कार्यक्रममा गुल्मी थोर्गा सम्पर्क समाजका अध्यक्ष तथा बुद्ध सामुदायिक टेलिभिजनका अध्यक्ष ओम ज्ञवालीले गाउँको समस्या समाधानमा जनप्रतिनिधि मात्रै नभएर स्थानीय पनि संगै हुनुपर्नेमा जोड दिनुभयो । पानीको मुहान जोगाउँदै भौतिक र सडक निर्माण गरिनुपर्नेमा उहाँले जोड दिनुभयो ।

समाजसेवीद्धय लालबहादुर बिक र फणीन्द्रराज ज्ञवालीले कार्यक्रममा बोल्दै जनप्रतिनिधिले राजनीति नगर्नको लागि शुझाब दिनुभयो । कार्यक्रममा जनप्रतिनिधिद्धय घनश्याम ज्ञवाली ,सुशील श्रेष्ठ , भट्कुवा रूपन्देही सम्पर्क समाजका अध्यक्ष डोलराज पौडेल , समाजका सचिब केशव ज्ञवाली,स्थानीयबासी लक्ष्मण ज्ञवाली ,अच्युतराम ज्ञवाली,भिम ज्ञवाली,पुजन ज्ञवाली,कपिल ज्ञवाली ,बुद्धि ज्ञवाली,गकुल ज्ञवाली,राधा भट्टराई ज्ञवाली ,रचना पन्त,कपिल पुरी लगायतले बोल्नु भएको थियो ।

 
 
  
 

You may also like