देशका अधिकांश स्थानमा हुस्सु र कुहिरो, बर्षा र हिमपातको छ कि छैन सम्भावना ?

by समतल अनलाइन

काठमाडौं । आज (शुक्रबार) विहानैदेखि देशका अधिकांश स्थानको मौसम बदली भएको छ । अहिले काठमाडौं उपत्यकासहित मध्य र पूर्वको पहाडी क्षेत्रमा आंशिकदेखि सामान्य बादल लागेको छ ।

आज विहान काठमाडौं उपत्यकामा हुस्सु लागेको भए पनि विस्तारै खुल्दै जाने मौसमविदहरुले बताएका छन् । काठमाडौंमा मौसममा बदली देखिए पनि पानी पर्ने सम्भावना भने कम रहेको जनाइएको छ ।

त्यस्तै मध्य र पूर्वी तराईमा हुस्सु र कुहिरो लागेको छ । पश्चिम तराईको केही क्षेत्रमा कुहिरो लागेको छ मौसमविदले जनाएका छन् । अहिले नेपालको पूर्वी भू–भाग नजिक निम्न चापीय प्रणाली रहेकाले पूर्वमा बादल तथा कुहिरो लागिरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

शुक्रबार दिउँसो मध्य तथा पूर्वको पहाडी क्षेत्रमा आंशिकदेखी सामान्य बादल लाग्ने र केही ठाउँमा पानी समेत पर्ने विभागले जनाएको छ । राति पनि पहाडी भू–भागमा आंशिक बदली रहने र बाँकी भू–भागको मौसम सफा रहने विभागले जनाएको छ ।

शनिबार दिउँसो पनि देशभर आंशिकदेखि सामान्य बदली रहने र पहाडी भू–भागका केही ठाउँहरुमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । साथै उच्च पहाडी तथा हिमाली भू–भागमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको मौसमविदले बताएका छन् ।

शनिबार राति उच्च पहाडी तथा हिमाली भू–भागमा आंशिकदेखि सामान्य बदली रहि हल्का हिमपातको सम्भावना रहेको र बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने महाशाखाको अनुमान छ । आइतबार भने पूर्वी तथा मध्य पहाडी भू–भागमा आंशिक बदली रहि बाँकी भू–भागको मौसम सामान्यतया सफा रहनेछ ।

 

 
 
  
 

You may also like