सावधान ! दुधसँग भूलेर पनि कहिल्यै नखानुस् यी चिज

by समतल अनलाइन

एजेन्सी । दुध हामीले दैनिक जीवनमा प्रयोग गर्ने पौष्टिक पदार्थ हो । दुधले हाम्रो स्वास्थ्यमा निकै फाइदा पुर्याउनुका साथै मष्तिष्कलाई निकै फाइदा गर्छ ।

दैनिक रूपमा एक गिलास दुध पिउनाले तपाईको मष्तिष्कलाई निकै फाइदा गर्छ । तर, यदि दुधको प्रयोग गर्दा केही करामा ध्यान दिन सकिएन भने दुधले फाइदा भन्दा बेफाइदा गर्ने सम्भावना बढी रहन्छ ।

हामीले प्राय दुध खानासँग प्रयोग गर्ने गर्छौं । तर, यदि खानामा कालो दालको प्रयोग गरिएको छ भने त्यस्तो अवस्थामा दुध नपिउनु राम्रो हुन्छ । यसले स्वास्थ्यलाई फाइदा गर्दैन ।

दुधका साथै दही कहिल्यै पनि पिउनु हुन्न । दही र दुधसँगै लिँदा छालाको रोग लाग्ने सम्भावना बढी हुन्छ । दुधको साथमा मूला, जामुन, माछा जस्ता पदार्थ पनि लिन हुँदैन ।

यी चीज दुधसँग प्रयोग गर्दा यसले झन् नकारात्मक असर पर्छ । यसले पनि छालामा समस्या देखिन सक्छ । दुधसँग नुन र करेला खानु पनि फाइदाजनक हुँदैन । यसले स्वास्थ्यलाई नकारात्मक असर गर्छ ।

दुधसँगै तिलको सेवन गर्नु पनि हानिकारक हुन्छ । यसले छालाको रोग आउन सक्ने सम्भावना बढी हुन्छ । दुधसँग कागती लिनु पनि निकै हानिकारक हन्छ ।

सुत्नु भन्दा तीन घण्टा अगाडि दुध पिउनु फाइदाजनक हुनु राम्रो हुन्छ । तर, तातो दुध सुत्नु भन्दा अघि खानाले स्वप्नदोष हुने सम्भावना बढी हुन्छ । एजेन्सी

 
 
  
 

You may also like