श्रृङ्गेश्वर धाममा ७३ फिट अग्लो त्रिशुल राखियो ,सबैभन्दा अग्लो भएको दाबी

by समतल अनलाइन

तिलोत्तमा । तिलोत्तमा नगरपालिकाको वडा नम्वर ३ शंकरनगर स्थित श्रृङ्गेश्वर धाममा ७३ फिट अग्लो त्रिशुल प्रतिस्थपन गरीएको छ । ७३ फिट अग्लो त्रिशुल आज बिहान बिशेष बिधिपूर्वक पूजा गरी बिबेकानन्द सरस्वती महाराजबाट प्रतिस्थापन गरीएको हो ।
त्रिशुल प्रतिस्थापन पश्चात बोल्दै बिबेकानन्द सरस्वती महाराजले हिन्दु धर्म र सस्कृतिको संरक्षणका लागि प्रत्यकले आ आफनो ठाउबाट पहल गर्नु पर्ने बताउनु भयो ।

गुल्मी रुपन्देही सम्पर्क समाजले संरक्षण, प्रवद्र्धन र बिकास गरीरहेको श्रृङ्गेश्वर धामलाई धार्मिक पर्यटकीय क्षेत्रका रुपमा बिस्तार गर्न बिश्वकै सबैभन्दा लागो त्रिशुल राखेको सम्पर्क समाजका अध्यक्ष हिरा बहादुर भलामीले बताउनु भयो ।
आफनै खर्चमा त्रिशुल बनाई धामलाई सहयोग गर्नु भएका समाजसेबि तुल्सीराम कडेलले आफु शिवभक्त भएकाले शिवको प्रशन्नताका लागि धाममा बनाइएको कैलाश पर्वत र मानसरोवरमा त्रिशुल राख्न सहयोग गरेको बताउनु भयो ।

 
 
  
 

You may also like