शरिर मोटो भएर हैरान हुनुहुन्छ ? यी ७ शाहाकारी खाना खानुहोस्

by समतल अनलाइन

काठमाडौँ। हाम्रो शरिरलाई स्वस्थ र तन्दुरुस्त राख्न स्वस्थ र पोषिलो खानेकुरा आवश्यक पर्दछ । हामिले दैनिक स्वस्थ र पोषिलो खाना खाएमा कार्य गर्न उर्जा थपिन्छ । शरीरको विकास र मानिसको रोग प्रतिरोधात्मक क्षमतालाई पनि बढाउन कार्बोहाइड्रेट, प्रोटीन, फ्याट, खनिजहरु र भिटामिन प्रसस्त रुपमा पाइने खाना खानु आवश्यक छ । यस्ता केहि खानेकुराहरु छन् जसले शरिरलाई स्वस्थ राख्न सहयोग गर्छ । यी खानेकुराले मोटोपनको समस्या पनि हटाउछ ।

दाल – दालमा प्रशस्त प्रोटीन पाइन्छ । यसमा ३ वटा उसिनेको अण्डा बराबरको प्रोटिन १ कप दाल सेवन गर्दा हुन्छ । दालको सेवनले कोलेस्ट्रोलको मात्र कम गर्न र वजन कम गर्न सहयोग गर्छ ।

हरियो केराउ – स्वास्थ्यको लागी फाइदाजनक गेडागुडी हो हरियो केराउ । हरियो केराउमा भिटामिन ुसीु पाइन्छ । यसको सेबनले रोग प्रतिरोधात्मक क्षमता समेत वृद्दि गर्ने गर्दछ। साथै मोटोपन पनि नियन्त्रण गर्छ ।

फापरको परिकार – पशस्त प्रोटिन र फाइबर पाइने फापरले हाम्रो शरिरलाई उर्जा प्रदान गर्दछ। १०० ग्राम फापरमा ९।६ ग्राम प्रोटिन मिल्ने गर्दछ। यसको सेबनले वजन घटाउन र शरीरलाई स्वस्थ राख्न सहयोग गर्छ ।

पालुंगोको साग – पालुंगो सबैभन्दा धेरै पौष्टिक तत्व पाइने तरकारी हो। एक कप पाकेको पालुंगोको सागमा ५ ग्राम प्रोटीन प्राप्त हुन्छ। यसमा क्याल्शियम, पोटेशियम र बीटा क्यारोटीन जस्ता तत्व पाइन्छ।

सोयाबीन – उच्चतम प्रोटिन भएको खानेकुरा हो सोयाबीन । यसको विभिन्न परिकार बनाइ खाना वा खाजाको रुपमा प्रयोग गर्ने गरिन्छ । यसमा उच्च मात्रामा प्रोटीन पाइन्छ।

क्वाँटी – नेपालिहरुको राष्ट्रिय खाना क्वाँटी प्रोटिनको उत्तम स्रोत हो। एक कप क्वाँटीमा १५ ग्राम प्रोटिन मिल्ने गर्दछ।

ओट्स – जौबाट बनेको ओट्समा प्रोटीन, फाइबर, म्याग्नीशियम र जिंकको राम्रो स्रोतको रुप चिनिन्छ। यसको सेबन हाम्रो स्वास्थ्यको लागी फाइदाजनक छ ।

 
 
  
 

You may also like