अमेरिकी सरकारी एजेन्सीको वेबसाइट ह्याक

by समतल अनलाइन

एजेन्सी । अमेरिकाको सरकारी वेबसाइट ह्याक भएको छ । अमेरिकन सरकारी निकाय फेडरल डिपोजिटरी लाइब्रेरी प्रोग्रामको वेबसाइट आफूलाई इरानको बताउने ह्याकरले ह्याक गरेको अन्तर्राष्ट्रिय समाचार संस्था द गार्जियनु ले जनाएको छ ।

वेबसाइइट खोल्दा इन द नेम अफ् गडुअर्थात् भगवानको नाममा, इरान साइबर सुरक्षा समूह ह्याकर्स लेखेको पाइन्छ । यसमा अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पलाई इरान लेखिएको मुड्कीले गालामा हानिरहेको र ट्रम्पको मुखबाट रगत बगिरहेको तस्बिर राखिएको छ ।

गएको शुक्रबार इराकमा अमेरिकाले गरेको आक्रमणमा ईरानी सेनाका जर्नेल कासिम सुलेमानीको ज्यान गएपछि ईरानले सही समय र सही ठाउँमा यसको बदला लिने चेतावनी दिइसकेको छ । ह्याक भएको वेबसाइटमा सुलेमान शहीद भएको र भगवानको शक्तिले उनको हत्याको बदला लिइने पनि उल्लेख छ । इरानी ह्याकरले अमेरिकी सरकारी वेबसाइट ह्याक गरेको भनिए पनि इरानले नै ह्याक गरेको भन्ने कुनै प्रमाण भने भेटिएको छैन ।

 
 
  
 

You may also like