५० हजार घरभाडा बुझेर ५ हजारको बिवरण बुझाउछन : नगर प्रमुख घिमिरे

by समतल अनलाइन

तिलोत्तमा नगरपालिकाको मध्यावधि समीक्षा
 बुटवल ।रुपन्देहीको तिलोत्तमा नगरपालिकाले आफ्नो कार्यकालको मध्यावधि समिक्षा गरेको छ । आज नगरपालिकाले पत्रकार सम्मेलन गर्दै आफ्नो मध्यावधि समिक्षा सार्वजानिक गरेको छ ।

पत्रकार सम्मेलनमा बोल्दै तिलोत्तमा नगरपालिकाका प्रमुख बासुदेब घिमीरेले २ दशक जन प्रतिनिधी बिहीन स्थानीय तहमा आफुहरु निर्वाचित भएपछि नगरबासीको परिवर्तन पछिको तिब्र चाहनालाई पुरा गर्न सकेको दाबी गरे । उनले स्थानीय कानुन बनाउने पहिलो नगर तिलोत्तमा भएको बताउंदै स्थानीय सरकारको कामलाई पारदर्शी बनाउन ५० बढी कानुनको तर्जुमा गरिसकेको जानकारी दिए ।

नगरपालिकाले सार्वजानीक गरेको समीक्षामा शिक्षा क्षेत्रमा नगरका सबै सामुदायी बिद्यालयहरुमा १ देखि ५ कक्षा सम्म्का बिद्यार्थीलाई खाजाको ब्यवस्था , सबै बिद्यालयहरुको समान रङ्ग, शिक्षक अनुदान, सवारी सधानमा अनुदान , छात्राहरुलाई निशुल्क सेनटरी प्याडको ब्यवस्था गरेको उल्लेख गरेको छ ।

नगरपालिकाले भौतीक पुर्वाधारमा जेष्ठनागरिक मिलन केन्द्र, बनबाटिकामा भ्यु टावर, ३६ कलिोमिटर सडक कालोपत्रे, १ सय ४६ किलोमिटर सडकमा ग्राभेल तथा १२ सय ७० बिद्युतको नयां पोल बितरण गरेको जनाएको छ ।

स्वास्थ्य क्षेत्रमा सुत्केरीलाई अस्पताल सम्म पुग्न निशुल्क एम्बुलेन्स, सबै स्वास्थ्य संस्थाहरुमा प्रयोगशाला स्थापना भएको तथा कृषि क्षेत्रमा एक घर एक करेसाबारीको अवधारणा संचालन गरिएको समिक्षा प्रतिबेदनमा लेखिएको छ ।

कृषिमा वडाहरुलाई पकेट जोनकारुपमा बिकास गरि अनुदान बितरण गरि उत्पादन बढाउने निती नगरपालिकाले लिएको छ । पत्रकार सम्मेलनमा पत्रकारहरुको प्रश्नको जवाफ दिंदै नगर प्रमुख घिमीरेले नगरमा झुटो बिबरण दिएर घरभाडा कर बुझाईएको बताए ।

५० हजार घरभाडा बुझ्ने घरधनीले ३ देखि ५ हजार घरभाडा बुझेको बिवरण बुझाएर कर तिर्ने गरेको प्रमुख घिमीरेको आरोप छ । उनले नगरमा घरभाडालाई ब्यवस्थित बनाउन नसकिएको स्विकार गर्दै आगामी दिनमा ब्यवस्थित गरिने प्रतिबद्धता ब्यक्त गरे ।

नगरपालीकाले प्रदेशको राजधानीलाई मध्यनजर गर्दै तिलोत्तमामा अन्तरराष्ट्रिय स्तरको बस टर्मिनल तथा औद्योगिक ग्रामको योजनालाई अगाडी बढाएको जनाएको छ ।

 
 
  
 

You may also like