जाडोमा रुघाखोकी, पिनासबाट जोगिन तुलसीको चिया पिउनुहोस हुनेछन् चमत्कारीक फाइदा

by समतल अनलाइन

अहिलेको परिवेशमा धेरै मानिसमा भाइरल ज्वरो, रुघाखोकीको चपेटमा परिरहेका छन् । जसको प्रमुख कारण भनेको शरीरको रोग प्रतिरोधात्मक क्षमता अर्थात् ‘इम्युनिटी पावर’ कमजोर हुनु । रोगसँग लड्ने इम्युनिटी पावर कम हुँदा त्यस्ता संक्रमणले सताउछ । त्यसैले सबैभन्दा पहिले त शरीरको रोग प्रतिरोधात्मक क्षमतालाई नै सँधै बलियो बनाएर राख्नुपर्छ । मानिसहरु यी यस्ता समस्याबाट बच्न चिकित्सकको सल्लाहबिनै विभिन्न औषधिहरु प्रयोग गर्न थाल्छन् । जसले गर्दा अन्य स्वास्थ्य समस्या पनि आउन सक्छ । तर, केही उपायहरु यस्ता पनि छन, जसले घरमै बसेर पनि उपचार गर्न सकिन्छ ।

आयुर्वे्दिक गुणले भरिएको तुलसीको अनेक फाइदा हुन्छ । तुलसीको पातमा विभिन्न प्रकारका औषधिय गुण पाइन्छ । तुलसीको पातको सेवनले इम्युनिटी सिस्टम बलियो बनाउने, तनाव, टाउको दुखाई वा साइनसाइटिसबाट समेत बच्न सकिन्छ ।

विभिन्न अध्ययनहरुका अनुसार तुलसीको पातले विभिन्न संक्रमण विरुद्ध टी साइटोकिन्स, एनके (नेचर किलर) सेल र टी लिम्फोसाइट्स जस्ता इम्यून सेल्सको उत्पादन बढाउँछ । तुलसीमा पाइने एन्टीअक्सिडेन्ट र एन्टीइन्फ्लैमटोरी गुणका कारण ज्वरो र रुघा–खोकीलाई नियन्त्रण गर्न मद्दत गर्दछ । तुलसीमा इम्यून–मोडुलेटरी तत्व पाइन्छ, जसले इम्युनिटी सिस्टमलाई बलियो बनाउनमा समेत सहयोग पुग्छ ।

प्रयोग गर्ने विधी
तुलसीको चियाः

तुलसीको केही पातलाई एक कप तातो पानीमा १० मिनेटसम्म उमाल्ने गर्नुपर्छ । त्यसपछि ज्वरो, रुघाखोकी चिसो लागेकाको लागि भने राहत मिल्छ ।दिनमा दुई पटक सम्म पिउनुपर्छ ।

तुलसी र दूधः

यदि तपाईंलाई ज्वरोले निकै साताएको छ भने दुधमा तुलसीको पात मिलाएर पिउनुपर्छ । यसका लागि आधा लिटर पानीमा तुलसीको पात र सुकुमेल पाउडर घोलेर उमाल्नुपर्छ । यसमा दूध र चिनी मिलाएर पिउन सकिन्छ ।

तुलसीको जुसः

शरीरको तापमान कम गर्न तुलसीको पातको जुस पिउन सकिन्छ । यो बालबालिकाका लागि निकै प्रभावकारी मानिन्छ । १० देखि १५ वटा पातलाई थोरै पानीमा मिलाएर जुस निकाल्ने र दुई्तीन घण्टामा चिसो पानीसँग पिउनुपर्छ । यसले रुघा–खोकी र ज्वरो जस्ता समस्याबाट बच्न सकिन्छ ।

 
 
  
 

You may also like