चिसोले ओठ फुट्यो ? अब यसो गर्नुहोस्

by समतल अनलाइन

जाडो मौसममा छाला सुख्खा हुने गर्छ । जसले गर्दा छाला फुट्ने समस्या अरु मौसमको तुलनामा अलि बढी नै हुन्छ ।

छाला मात्र होइन चिसोका कारण ओठ पनि सुख्खा हुने र फुट्ने गर्छ । ओठलाई मानिसको सौन्दर्यको प्रतिकको रुपमा पनि लिइन्छ । त्यसैले ओठ फुट्ने समस्याले सबैलाई तनाव दिन्छ ।

ओठ सुख्खा भएर फुट्दा खानेकुराहरु खाँदा पोल्ने गर्छ । त्यतिमात्र होइन धेरै सुख्खा भएर ओठ फुटेमा हाँस्दा समेत दुख्ने र रगत बग्ने सम्भावना पनि हुन्छ ।
बाहिरको मौसम बढी चिसो हुँदा ओठमा रहेको ग्रन्थिहरुले कम तेल निकान्छ र फुट्न थाल्छ ।

ओठ फुट्न नदिन यसो गर्नुहोस्
ओठ फुट्न नदिन घरेलु विधिहरु पनि अपनाउन सकिन्छ । ओठ फुट्न नदिन चिसो वातावरणमा जानुअघि ओठमा चिल्लो पदार्थ वा लिप गार्डको प्रयोग गर्नुपर्छ ।

ओठ फुट्ने समस्या भएका व्यक्तिहरुले ओठलाई चलाउने, जिब्रोले चाट्ने गर्छन् । यस्तो बानीले ओठ झनै सुख्खा भएर फुट्ने गर्छ । त्यसैले ओठलाई जिब्रोले चलाउने बानी गर्नु हुँदैन ।मह, घीउ, नरिवलको तेल, दूधको तर आदि हलुका तरिकाले ओठमा लगाउदा पनि ओठ फुट्ने समस्या कम हुन्छ ।

चिसो मौसममा मानिसहरु पानी पिउन पनि अल्छि गर्छन् । ओठ तथा शरीरको छाला फुट्ने समस्या पानीको कमिले पनि हुन्छ । त्यसैले अल्छिपना हटाएर नियमित रुपमा प्रर्याप्त मात्रामा पानी पिउनु जरुरी छ ।

 
 
  
 

You may also like