खाली पेटमा खानुहोस् लसुन, पाउनुहुनेछ यतिधेरै फाइदा

by समतल अनलाइन

लसुनले खानाको स्वाद बढाउने गर्छ । लसुन बिनाको खानाको स्वाद फिक्का लाग्ने धेरैले बताउँछन्। तर लसुनले खानाको स्वाद बढाउनुका साथै हाम्रो स्वास्थ्यका लागि पनि निकै फाइदाजनक हुन्छ । खाली पेट लसुनको सेवन गर्नु निकै फाइदाजनक मानिन्छ। आउनुहोस्, यसबारे जानकारी लिऔंः

मधुमेह, डिप्रेशन र क्यान्समा खानुहोस् लसनुः

लसुनले शरीरलाई परजीवी र किराबाट जोगाउँछ । थुप्रै रोग जस्तै मधुमेह, डिप्रेशन र क्यान्सरको रोकथाममा सहायक हुन्छ । लसुनको सेवन र्दा उच्च रक्तचापको समस्या निकै कम हुनसक्छ । यसले रक्तसंचारमा पनि निकै सहयोग पुर्याउँछ ।

पाचनका लागि राम्रो हो लसुनः

लसुन खाँदा तपाईंको पाचन क्रिया निकै राम्रो हुन्छ । यसले पेटको समस्याजस्तै झाडा, कब्जियत र ग्याँसमा पनि राहत दिन्छ । यसका लागि उम्लिएको पानीमा लसुनका चार पाँचवटा दाना हाल्नुहोस् र यसलाई रातभरी यत्तिकै राख्नुहोस् । बिहान उठेर खाली पेटमा यो पानी पिउनुहोस् । यसले पेटको समस्या कम हुन्छ ।

एन्टिब्याक्टेरियल गुणले भरपुर हुन्छ लसुनः

दैनिक लसुन खाँदा पटक–पटक रुघा–खोकीले सताउँदैन । यसको एन्टिब्याक्टेरियल गुणले घाँटी दुखाईबाट राहत दिलाउँछ । यसबाहेक यो दम, निमोनिया, ब्रोन्काइटिसजस्ता समस्यामा पनि निकै फाइदाजनक मानिन्छ ।

मुटु स्वस्थ रहनेछः

लसुनले मुटुलाई स्वस्थ बनाउन सहयोग गर्छ । यसले रोग प्रतिरोधी क्षमतामा वृद्धि गर्छ । यसले हृदयघातको सम्भावनालाई निकै कम गर्छ । यसका कारण रगत जम्नेलगायतका समस्या हुँदैन ।

 
 
  
 

You may also like