पँहेले लहराका यतिधेरै फाइदा, जान्नुभयो भने तपाई हैरान हुनुहुनेछ

by समतल अनलाइन

लहरे बरले हिन्दु संस्कृतिमा ठूलो महत्व राख्छ । धर्मशास्त्रमा यसलाई त्रिमुर्ति ब्रम्हा, विष्णुु, महेश्वरको प्रतिक मानिन्छ । तर यसको धार्मिक महत्व मात्र हैन मानव स्वास्थ्यको लागि पनि यो अति प्रभावकारी छ । आज हामी लहरे बरको फाइदा र महत्व बारे जानकारी गराउँदै छौँ ।

१. आगोले पोलेमा

आगोले पोलेमा दहीमा बरको दाना पिसेर लेप बनाउनुहोस् । त्यसलाई जलेको भागमा लगाउनु होस् । जलेको स्थानमा बरको कोपिला वा कोमल पत्तालाई गाईको दहीमा पिसेर लेपन लगाउनाले पनि जलेको पीडा कम भएर आउँछ ।

२. कपालको रोगमा
लहरे बरको पात २० ग्राम लिएर त्यसमा सय मिलीलीटर असलीको तेलमा मिलाएर कपालमा मालिस गर्नुहोस् । यसो गर्नाले कपाल सम्वन्धी रोग निको भएर जानकाुसाथै कपाल पनि पलाएर आउँछ । यसको कोमल पातको रस निकालेर बराबर मात्रामा सर्सिउँको तेल मिलाएर आगोमा तताएर कपालमा लगाउँदा कपाल सम्वन्धि सबै रोगहरुबाट छुटकरा पाइन्छ ।

३. कपाल झरेमा
२५–२५ ग्राम लहरे बर र जटामसीको चूर्ण, ४ सय मिलीलीटर तिलको तेल तथा २ लीटर गुर्जोको रस एकसाथ मिलाएर घाममा सुकाउनुहोस् । यसको पानी सुकेपछि यसको तेल छान्नुहोस् । यो तेलले कपाल झरेर खाली भएको भागमा मालिस गर्नुहोस् । यसो गर्दा कपाल झर्न रोकिनुको साथै फेरि उम्रन्छ । लहरे बरको जटा र कालो तिल बराबर मिलाएर चूर्ण हुने गरी पिसेर टाउकोमा लगाउनुहोस् । यसको आधा घण्टा पछि कपाल सफा गरेर भांग्रा र नरिवलको दाना दुबै मिलाएर पिस्नुहोस् । यसलाई कपालमा लगाउनाले कपाल लामो भएर आउँछ ।

४. नाकबाट रक्तश्राव भएमा
३ ग्राम लहरे बरको जटाको पाउडरमा दुधको लस्सीको साथ पिउनाले नाकबाट रगत बग्न बन्द हुन्छ । नाकमा लहरे बरको चोप निकालेर २–३ थोपा लगाउनाले पनि नाकबाट रगत बगेको निको हुन्छ ।

५. अत्यधिक निन्द्रा लागेमा
लहरे बरको हरियो पातको १० ग्राम चूर्ण बनाएर १ लीटर पानीमा पकाउनुहोस् । यो एक चौथाई बनेपछि त्यसमा १ ग्राम नुन मिलाएर हरेक विहान बेलाुका पिउनाले आलश्य, निद्रा हटेर जान्छ ।

६. सर्दीले सताएमा
लहरे बरको रातो रंगको कोमल पातलाई छाँयामा सुकाएर पिस्नुहोस् । आधा लीटर पानीमा यसरी पिसेको चूर्ण मिलाएर १ ग्राम नुन राखेर पकाउनुहोस् । पकाएर थोरै भएपछि यसमा ३ चम्चा सख्खर मिलाएर बिहान–बेलुका चिया जस्तै पिउनाले सर्दीले सताएको निको हुन्छ । टाउको दुखेको पनि निको हुन्छ ।

७. हृदय रोगमा
१० ग्राम लहरे बरको कलिलो हरियो पातलाई १५० मिलीलीटर पानीमा उमाल्नुहोस् । यसमा थोरै मिश्री राखेर १५ दिनसम्म हरेक बिहान–बेलुका पिउनुहोस् । यसो गरेमा धड्कन कम हुन्छ ।

 
 
  
 

You may also like