रुघाखोकी, पखालादेखि फेसवाससम्मको लागी ‘तुलसी’, यस्ता छन् फाइदा

by समतल अनलाइन

हरेकको घरमा रोपिने बिरुवा हो तुलसी । औषधिय गुण भएको तुलसीले हाम्रो शरिरलाई धेरै नै फाइदा गर्छ । यसको एउटा मात्र फाइदा छैन, फाइदा धेरै छन् । प्रशस्त मात्रामा भिटामिन पाइने तुलसीले बिभिन्न रोगहरु निको पार्छ । यसले छालाको सुरक्षामा पनि निकै सहयोग गर्छ ।

तुलसीको सुकेका पातलाई पानीमा उमालेर फ्रिजमा राख्नुहोस् र जमेको तुलीलाई अनुहारमा बेलाबेलामा लगाउँदा छाला नरम र सफा हुन्छ । रुघाखोकी लागेमा पनि तुलसी पानी खाएमा ठिक हुन्छ । तुलसीले शरीरका विभिन्न अंगमा निस्केका ब्याक्टेरीलाई मार्ने काम गर्छ । जसले कुनै पनि घाउमा संक्रमण हुन पाउदैन । यसको पानतलाई पिसेर अनुहारमा लगाउदा अनुहार चम्किलो हुन्छ ।

तुलसीको रसलाई छानेर दुई थोपा कानमा राखेमा कानको दुखाई कम हुन्छ । त्यस्तै माकुरा र मुसाले टोकेको ठाउँमा तुलसीको पातको रस लगाएमा आराम मिल्छ । पेट दुखेमा तुलसीको रस मनतातो बनाएर खाएका ठिक हुन्छ । पखाला लागेको छ भने तुलसीको दाना वा पात पिसेर गाईको दूधसँग मिसाएर खाएमा पखाला लागेको रोकिन्छ ।

 
 
  
 

You may also like